ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपराष्ट्रपति यादवसँग र इजरायलका राजदूत गोल्डबर्गरको शिष्टाचार भेट


एबीसी न्यूज
११ जेष्ठ २०८१, शुक्रबार   ४ : ४५   बजे

काठमाडौं ११ जेठ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत हानान गोडर गोल्डबर्गरले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।

भेटमा शुभकामना आदानप्रदानपछि दुई पक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहयोग लगायत आपसी हित र चासोका विषयमा छलफल भयो । उपराष्ट्रपति यादवले नेपाल र इजरायलबिच १ जुन १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर दुई पक्षीय सम्बन्धन रही आएकोमा सन्तोष व्यक्त गर्नुभयो।

‘‘इजरायलले विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा नेपाललाई गरेको सहयोग प्रशंसनीय छन्’’ उहाँले भन्नुभयो, ‘‘नेपाल–इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने विश्वास लिएको छु ।’’ उहाँले द्विपक्षीय व्यापार अभिवृद्धिका लागि थप प्रयत्नशील हुनु आवश्यक रहेको बताउनुभयो ।

उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘इजरायल सरकारले नेपाली युवा ९खासगरी महिला० लाई ‘केयरगिभर’ सेवा क्षेत्रमा रोजगारीका अवसर उपलब्ध गराएकोमा धन्यवाद दिन चाहन्छु।’’ उहाँले बहुपक्षीय सम्बन्धको चर्चा गर्दै नेपाल मध्यपूर्वमा शान्ति, अमनचयन र स्थिरताको पक्षमा सधै रहिआएको बताउनुभयो ।

उपराष्ट्रपति यादवले विपिन जोशीलाई छुटाउन इजरायल सरकारको तर्फबाट पहल भइरहेको छ भन्ने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले इजरायलको ७६औं स्वतन्त्रता दिवसको अवसरमा इजरायली सरकार तथा इजरायली जनतालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

नेपालका लागि इजरायलका राजदूत हानान गोडर गोल्डबर्गरले नेपाल र इजरायलबिच विभिन्न क्षेत्रमा समानता रहेको उल्लेख गर्दै दुई देशको सम्बन्ध वर्षौयता सुमधुर र प्रगाढ रहेको बताउनुभयो । ‘‘जहाँसम्म विपिन जोशीको रिहाइको विषय छ, त्यसका लागि इजरायल सरकार हरसम्भव प्रयासरत छ’’ उहाँले भन्नुभयो, ‘‘इजरायलबाट एउटा प्रतिनिधिमण्डल नेपाल आएर विपिनको घरमै गई परिवारलाई भेट्ने कार्यक्रम छ ।’’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group