काठमाडौं ११ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।
शुक्रबार धनुषा जिल्ला अदालतले थप ३ दिनको म्याद थपेको हो ।
जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको ईजलासले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई थप ३ दिनको म्याद दिने आदेश भएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए । यसअघि तीन दिनका लागि हिरासतमा राख्न आदेश दिइएको थियो ।
आज वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोविन्द शर्मा बन्दी र टिकाराम भट्टराई तथा अधिवक्तहरु रमणकुमार कर्ण, किशोर पौडेल र दीपेन्द्र झाले सिरोहियाको पक्षमा बहस गरेका थिए ।
नागरिकता किर्तेसम्बन्धी कसुरमा सिरोहियालाई काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाटै यही मंगलबार पक्राउ गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्