ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्लाईमेट स्मार्ट स्कुल तथा युवा पैरवी सम्बन्धी तीन दिवसीय कार्यशाला गोष्ठी सम्पन्न


एबीसी न्यूज
१२ जेष्ठ २०८१, शनिबार   ६ : ५५   बजे

काठमाडौं, १२ जेठ ।  युरोपियन युनियन ९ईयु० को सहयोगमा क्लाईमेट स्मार्ट स्कुल तथा युवा पैरवी सम्बन्धी तीन दिवसीय अभिमुखिकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । काठमाडौंको शम्वाला होटलमा बुधवारदेखि शनिवारसम्म आयोजित उक्त कार्यशाला गोष्ठी क्रिएसन नेपालद्धारा सन्चालित ग्रिनसिफ्ट परियोजना कार्यान्वयन गर्ने उदेश्यका साथ सन्चालन गरिएको थियो ।

परियोजना कार्यान्वयनका लागि बागमति प्रदेशबाट ललितपुर महानगरपालिका, लुम्बिनी प्रदेशबाट नेपालगञ्ज उपमहानगरपालिका र मधेश प्रदेशबाट बर्दीवास नगरपालिका मध्येबाट छानिएका चार विद्यालयका १२ जना फोकल शिक्षक, शिक्षिका तथा स्थानीय युवा समुहका चार जना प्रनिधित्व हुने गरी जम्मा २४ जनालाई प्लास्टिक फोहोरमैला व्यवस्थापन विभिन्न विषयमा अभिमुखिकरण तालिम प्रदान गरिएको थियो ।

गोष्ठीमा सहभागि भएकाहरुलाई परियोजनाको बिषयमा विस्तृत जानकारी गराइनुका साथै सन्चारको आधारभुत ज्ञान, परियोजनाका सन्चार दिशानिर्देशहरु, सामाजिक सन्जाल कसरी प्रयोग गर्ने, वित्तीय रिपोर्टिङ्ग, कार्ययोजना निमार्णका साथै नेतृत्व क्षमता विकास अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरिएको थियो ।

क्रिएसन नेपालका अध्यक्ष आनन्द मिश्राले गोष्ठीमा सहभागि भएकाहरुले उपलब्धीमुलक व्यवहारिक ज्ञान हासिल गरेर आआफनो क्षेत्रमा फर्केपछि लागु गर्न सहज हुने विश्वास व्यक्त गरे । उनले वातावरण संरक्षण गर्ने जिम्मा हरेक नागकिरको भएको हुनाले समुदाय र विद्यालय स्तरबाट ज्ञान र सचेतना जगाउन सके न्युनिकरण हुन सक्ने बताए ।

त्यसैगरी, क्रिएसन नेपालका महासचिव तथा विभागीय प्रमुख सुजाता कोइरालाले गोष्ठीको उद्घाटनसत्रमा बोल्दै सहभागिहरुलाई स्वागत गर्दै तीन दिनको बसाईको क्रममा परियोजना सम्बन्धी विविध ज्ञान हासिल भै सहज हुने विश्वास व्यक्त गरेकी थिइन ।

ग्रिनसिफ्ट परियोजनाका लिड युनिस घिमिरेले युवाहरुले समुदायिक स्तरमा फोहोरमैला व्यवस्थापन सम्बन्धी प्रभावकारी क्रियाकलाप कसरी सन्चालन गर्ने, त्यस्तै विद्यालयबाट सहभागि हुनु भएका सहभागिहरुले विद्यालयमा पाठ्यक्रममा आधारित रहेर विद्यार्थीहरुलाई प्लास्टिक जन्य फोहोरमैला व्यवस्थापनको बिषयमा कसरी व्यवहारिक ज्ञान प्रदान गरेको बताए । उनले, अभिमुखिकरण तालिम पछि सहभागिहरुले सहज तरिकाले स्थानीय स्तरमा सन्चालन गर्न सकिने विश्वास व्यक्त गरे ।

क्रिएसन नेपालले ग्रिनसिफ्ट परियोजना चार बर्ष समायवधिका लागि तीन प्रदेशको नौ स्थानीय तहमा सन्चालन गरीरहेको छ, भने रेस्टलेस डेभलम्पमेन्ट र यूथ इनोभेसन ल्याब परियोजनाको कन्र्सोटियम पार्टनरका रुपमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group