ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बूढानीलकण्ठमा प्रचण्ड र देउवाको छलफल


एबीसी न्यूज
१३ जेष्ठ २०८१, आइतबार   ११ : ५२   बजे

काठमाडौं १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भइरहेको छ।  दुई शीर्ष नेताबीच देउवा निवास बूढानीलकण्ठमा भेटवार्ता भइरहेको हो। सहकारी प्रकरण छानबिनका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश र क्षेत्राधिकारका विषयमा सहमति प्रयास भइरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति देउवाबीच भेटवार्ता भएको हो।

संसदीय छानबिन समिति नबन्दासम्म संसद्‌मा अवरोध जारी राख्ने अडान लिइरहेको कांग्रेसलाई सहमतिमा ल्याउन प्रधानमन्त्री प्रयासरत छन्।

शनिबार सिंहदरबारमा बसेको कार्यदलको बैठकमा कार्यादेशमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारी संस्था र कम्पनी ९गोरखा मिडिया० को नाम उल्लेख गर्ने लगभग सहमति भएको छ।

तर यसलाई अन्तिम रूप दिन बाँकी छ। यस विषयमा आजै बिहान शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल गर्ने भनिएको थियो। तर त्यसअघि प्रधानमन्त्री प्रचण्ड देउवाको निवास बूढानीलकण्ठ पुगेका हुन्।

यसअघि प्रमुख प्रतिपक्षी कांग्रेसले छानबिन समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम तोकेरै राख्नुपर्ने अडान लिइरहेको थियो। तर पछिल्लो समय अलि लचक हुँदै कांग्रेसले व्यक्तिको नाम नतोक्ने तर गृहमन्त्री लामिछाने जोडिएका संस्थासम्म उल्लेख गर्नेमा सहमति जनाएको छ। तर यसले आधिकारिकता पाइसकेको छैन।

यसैबीच आजै कांग्रेसले सहकारी ठगीविरुद्ध सडक स‌ंघर्ष सुरु गर्ने घोषणा गरेको छ भने सरकार संसद्‌बाट नीति तथा कार्यक्रम पास गर्ने तयारीमा छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group