ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नो नागरिकताबारे कैलाश सिरोहियाको बकपत्र यस्तो छ


abc tv
१३ जेष्ठ २०८१, आइतबार   २ : ५३   बजे

 

काठमाडौं १३ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफ्नो नागरिकताका विषयमा भ्रम फैलाइएको भन्दै वास्तविकता सर्वजनिक गरेका छन् । सिरोहियालाई संकटकालको समयमा जसरी जेठ ९ गते कान्तिपु मिडिया ग्रुपको कार्यालयबाट कथित नागरिकता विषय नामक अभियोग लगाएर गिरफ्तार गरिएको थियो । सिरोहियालाई जेठ ११ गते धनुषा जिल्ला अदालतले थप तीन दिन थुनामा राख्ने अनुमति दिएको थियो । ४ दिनसम्म थुनामा रहंदा सिरोहियाको स्वास्थ्यमा गम्भीर अवस्था देखिएका कारण ११ गते राती उनलाई अस्पताल भर्ना गरिएको छ । सिरोहियालाई पुनः भोलि सोमबार अदालतमा उपस्थित गराउने बताइएको छ ।

सिरोहियाले जारी गरेको वक्तव्य यस्तो छ ।

कैलाश सिरोहियाको नागरिकतामाथि उठेको प्रश्न र वास्तविकता

मेरा पिता २००९ देखिनै जनकपुर उद्योग वाणिज्य संघका महासचिव हुनुहुन्थ्यो, निरन्तर २०३४ सम्म यो पदमा हुनु हुन्थ्यो।
पिताजीले २०१८ सालमा नागरिकता प्राप्त गर्नु भएको हो । त्योबेला नागरिकताको प्रकार तोकिएका थिएनन्।
म २०१९ मंसिर २९मा जन्मिएको हुँ । नागरिक बुबाको छोरा बंशजको नागरिक हुने नेपालकोकानुन हो । तर मेरा दाजुहरु पिताजीले नागरिकता प्राप्त गर्नु अघि जन्मिएकाले उनीहरुको नागरिकताको प्रकार फरक भएको हो।
२०३३/३४मा नागरिकता वितरण टोलि आएको थियो, टोलीले बालिगलाई नागरिकता दियो भने नाबालिगको पनि बिवरण संकलन ग¥यो । अहिले मेरो नागरिकताको प्रमाणपत्रमा पनि २०३३÷३४को अभिलेख अनुसार भनेर लेखिएको छ ।
मैले २०३६ भदौ २५मा नागरिकता प्राप्त गरेको हुँ । नागरिकतामा ३९६९८८८६ नम्बरको नागरिकता लिएको हुँ । त्यही नम्बरको नागरिकता अरु कसैको नाममा जारी भएको छ भने त्यो सरकारी कार्यालयको कमजोरी हो।
मैले २०५७ असोजमा नागरिताको प्रतिलिपि लिएको हुँ । आवश्यक विवरण फाँटवाला भर्ने कर्मचारीले पहिलेजस्तै उमेर १८ वर्ष लेखेका छन् । तर, नागरिकता प्रमाणित गर्ने अधिकारीले कोष्टभित्र (२०१९।८।२९) लेखेका छन् । थपिएको अक्षरमा हस्ताक्षरले बन्द गरेका छन् । हस्ताक्षर गर्ने तत्कालिन प्रशासकिय अधिकृतले उक्त हस्ताक्षर मेरो हो भनेर प्रष्ट पारि सक्नु भएको छ । गृह मन्त्रालयको अधिकारीको रुपमा भर्खरै अवकाश पाएका उनलको फोन नम्बर ९८५११९८३९६ हो । यसलाई किर्ते भनेर बदनाम गरिएकोछ, धरपकड गरिएकोछ । योप्रतिशोध हो।
मेरो नागरिकताको अभिलेख सरकारी अभिलेख (ढड्डा) माभेटिएको छैन भनिए को छ । मैले २०३६ मा नागरिकता लिएपछि त्यसैका आधारमा राहदानी, राष्ट्रिय परिचयपत्र, मतादाता परिचयपत्र, चालक अनुमतिपत्र लगायतका प्रमाणपत्र प्राप्त गरेकाछु । अझ मैले राष्ट्रिय परिचयपत्र बनाउन राष्ट्रिय परिचयपत्रको कार्यालय काठमाडौंमा निवेदन दिएपछि सोकार्यालयलेमेरोनाम, जन्मस्थान, जन्म मिति, नागरिकता नम्बर, पारिवारिक विवरण लगायतका अभिलेखबारे जानकारी लिन सात बुँदे जानकारी मागेको थियो।

जिल्ला प्रशासन कार्यालय धनुषालेयी सबैविवरण दुरुस्त रहेकोभन्दैजवाफ पठाएपछि मैले २०७९ फागुन १५मा राष्ट्रिय परिचयपत्र पाएको हुँ । १५ महिनाअघिसम्म मेरो सम्पूर्ण अभिलेख धुनषा जिल्ला प्रशासन कार्यालयमा थियो र अहिले हराएको छ भने कस्कोस्वार्थमा यो बदमासी भएको हो ?

कसैको प्रतिशोध लिन राज्यका कुनै अधिकारीलेनै अभिलेखमा क्षति पु¥याउँछ भने त्यो गम्भीर कानुनी प्रश्न हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group