ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख- गगन थापा


एबीसी न्यूज
१३ जेष्ठ २०८१, आइतबार   ३ : ०२   बजे

काठमाडौं १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको टिप्पणी गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्ता गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख र अनुदारवादी रहेको बताए।

अहिलेको रवैयाले प्राप्त गरेको उपलब्धि गुमाउने खतरा कायम रहेको उनले जिकिर गरे।

‘प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र हो। प्रेसले प्रश्न उठाउन छोड्यो भने, त्यसले त्यहाँ भित्रबाट आफ्नो दुविधाहरु राख्न छोड्यो भने डेमोक्रेसी त म¥यो। त्यसैले कन्टेनमाथि सत्ताले कन्ट्रोल गर्नु हुँदैन। प्रतिपक्षलाई संसदमा नियन्त्रण गर्ने, बाहिर प्रश्नलाई नियन्त्रण गर्ने प्रयोग भइरहेको छ,’ महामन्त्री थापाले भने, ‘मेरो बारेमा के लेख्यो भन्ने आधारमा मिडियालाई नियन्त्रण गर्न थाल्यो भने कहाँ पुग्छौँ हामी। नेपाली कांग्रेसले अहिले लिएको पोजिसन प्रकारान्तले तपाईंहरूसँग जोडिएको छ। किनभने तपाईं आज माईतीघरको मण्डलामा उभिएर एक जना निहत्था नागरिकले प्रश्न गर्न पाउनुपर्छ।’

साथै, उनले प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र रहेको भन्दै प्रेसलाई अंकुश लगाउने काम गर्न नहुने बताउँदै प्रतिपक्षलाई संसदमा नियन्त्रण र बाहिर प्रश्नलाई नियन्त्रण गर्ने राम्रो नरहेको पनि बताए।
महामन्त्री थापाले नेपाली कांग्रेसले अहिले लिएको अडान आम सर्वसाधारण नागरिसँग जोडिएको बताए।

‘हाम्रो बिरोध प्रदर्शन जुन सत्ताले रवैया देखाइरहेको छ, निरंकुशता उन्मुख रवैया हो यो। यो जुन खालको गठजोड छ, यो गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख छ, अनुदारवादी छ। यसले विस्तारै विस्तारै तपाईं हामीले प्राप्त गरेको उपलब्धि गुमाउनेछौँ। अहिले बोल्ने बेला आएको छ,’ उनले भने।

महामन्त्री थापाले सरकारलाई झक्झक्याउने समय आएको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

सम्बन्धित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

रोल्पामा भाइरल भएका ३ बालिकालाई उच्च शिक्षासम्म निःशुल्क

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

महाराजगन्ज दुर्घटना अपडेटः ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu