ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


एबीसी न्यूज
१३ जेष्ठ २०८१, आइतबार   ४ : ३६   बजे

काठमाडौं १३ जेठ । सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पौडेलसहित १० जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पौडेल र तत्कालीन लेखा अधिकृत मानबहादुर ठाडाविरुद्ध ३६ लाख ७८ हजार ५४३ रुपैयाँ २४ पैसा बिगो कायम गरी आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

यस्तै, भेरीगंगा नगरपालिका सुर्खेतका तत्कालीन इन्जिनियर विजय कुमार खत्री, सब इन्जिनियर मोतिलाल प्रसाद, योजना अधिकृत शिशिर कुमार खडका, प्रशासकीय अधिकृत पिताम्बर पौडेल, प्राविधिक सहायक उज्जवल रावत, खरिदार सन्तोष तिवारी, लेखापाल जीवन सोमै र सह लेखापाल छविलाल सुनारविरुद्ध पनि मुद्दा दायर भएको छ।

 

उनीहरू उपर मूल्याङकन समिति सदस्यको रुपमा सहभागी भई गलत मूल्याङ्‍कन प्रतिवेदन दिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा ९२० बमोजिम सोही ऐनको दफा १९ को उपदफा ९२० बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइएको छ।

यसैगरी न्यू हरि निर्माण सेवा सुर्खेतका प्रोपाइटर हरिबहादुर बुढा क्षेत्री र नवराज कन्सट्रक्सनका प्रोपाइटर नवराज ढकाल, एञ्जल कन्सट्रक्सन, वीरेन्द्रनगर, सुर्खेतका प्रोपाइटर भीमबहादुर बुढा क्षेत्रीविरुद्ध रु।२१ लाख १ हजार ६९६ रुपैयाँ ४ पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

भेरीगंगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयले आव ०७६र०७७ मा नदीजन्य पदार्थहरु ढुङ्गारबालुवा ठेक्का दिँदा कानून मिची आर्थिक अनियमितता गरेको अख्तियारको ठहर छ।

नगरपालिकाले विभिन्न ठेक्काहरुमध्ये भेरीनदी गोछेखोलाको नदीजन्य पदार्थहरु उत्खन्न तथा संकलन र बिक्री वितरण कार्य ठेक्का नं। ४ र छिन्चुखोला र डुङ्गिखोलाबाट नदीजन्य पदार्थहरु उत्खन्न तथा संकलन र बिक्री वितरण कार्यको लागि ठेक्का नं।५ मा बदनियतपूर्ण तवरले फर्महरुसँग एकआपसमा मिलोमतो गरी धेरै रकमको ठेक्का साटफेर गरेको अख्तियारको दाबी छ।

अधिकतम कबोल मूल्य घटाउने र सम्झौता गर्न नआउने तथा कार्यालयले पनि सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीको व्यवस्थाबमोजिम छनोट भएको सफल बोलपत्रदाताले समयमा सम्झौता गर्न ईन्कार गरेपनि धरौटी समयमा जफत नगर्ने र अन्य ठेक्का साटफेर गर्न अवसर दिने, सम्झौता नगर्ने फर्मलाई कालोसूचीमा राख्नको लागि पत्राचार नगर्ने एवं खरिद कानूनले निर्देश गरेको प्रक्रिया विपरीत पहिलोबाट एकैचोटी चौथो योग्य बोलपत्रदातासँग सम्झौता गर्ने जस्ता कानून विपरीतका कार्य गरेको अख्तियारले जनाएको छ।

यस्तो कार्यबाट ३६ लाख ७८ हजार ५४३ रुपैयाँ २४ पैसा बराबरको राजश्व रकम हानिनोक्सानी गरेको पुष्टि हुन आएको हुँदा उक्त कार्यमा संलग्न देहायबमोजिमका व्यक्तिहरु उपर देहायबमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group