ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालका विशिष्ट सम्पदाबारे ज्ञान दिने संस्था लुम्बिनी बौद्ध विश्वविद्यालयः प्रधानमन्त्री


admin
९ श्रावण २०७४, सोमबार   १२ : ५८   बजे

काठमाडौँ, ९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका विशिष्ट सम्पदाबारे ज्ञान दिने उपयुक्त संस्था लुम्बिनी बौद्ध विश्वविद्यालय भएको बताउनुभएको छ ।

सो विश्वविद्यालयका आठौँ सभालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लुम्बिनी मात्र नभई बुद्धसँग जोडिएका कपिलवस्तु, रामग्रामजस्ता पुरातात्विक क्षेत्रका साथै स्वयम्भू, बौद्धनाथ, बौद्धकलाले युक्त विहार, मन्दिरजस्ता धार्मिक तथा सांस्कृतिक क्षेत्रबारे ज्ञान दिलाउन सो विश्वविद्यालय थप अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

आफू २०६१ सालमा प्रधानमन्त्री हुँदा सो विश्वविद्यालयको स्थापना भएको स्मरण गर्दै उहाँले बुद्ध कुनै एक धर्म, जाति, समुदाय र देशको नभई विश्वकै ज्योति भएको चर्चा गर्नुभयो ।

विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले भन्नुभयो, “बुद्ध धर्मको उद्भवदेखि वर्तमानसम्म बौद्ध धर्मको निरन्तरता भएको देश नेपाल मात्रै हो । बुद्ध नेपालको पहिचान र गौरवको विषयसँग जोडिएको छ । उहाँको उपदेश मानव मात्रको हितसँग मात्रै होइन, सम्पूर्ण प्राणीहरुको समान आदर, हक, हितसँग सम्बन्धित छ ।”

श्रीलंका, थाइल्याण्ड र भारतजस्ता देशले आपूmलाई ‘बौद्ध अध्ययन’ केन्द्रका रुपमा स्थापित गर्न कोसिस गर्दै आएको तर बुद्धको जन्मभूमि लुम्बिनी–नेपाल धार्मिक तथा पर्यटकीयस्थलका रुपमा मात्रै सीमित हुनु चिन्ताजनक भएको बताउँदै उहाँले अब लुम्बिनीलाई एक विशिष्ट अन्तर्राष्ट्रिय बौद्ध अध्ययन केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले विश्वविद्यालयको विद्यमान ऐन नियम, विनियममा समयसापेक्ष संशोधन गर्नु स्वभाविक हो र ऐनमा केही संसोधन गर्न विगत वर्षमै प्रक्रियामा सुरु भएको प्रक्रियालाई शीघ्र टुंगो लगाइने विश्वास व्यक्त गर्नुभयो ।

“लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयलाई व्यवस्थित गर्दै लुम्बिनी र बौद्ध अध्ययनलाई व्यवस्थित गर्न सके त्यसबाट नेपाल मात्रै नभई विश्व नै लाभान्वित हुनसक्नेमा दुईमत नहोला” उहाँले भन्नुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले व्यक्तिगत लाभ, कुण्ठा र तिरस्कार त्यागेर मानवकल्याणमा आधारिक सोच र कर्मका लागि बुद्धदर्शन उपयोगी भएको बताउँदै यसको प्रवद्र्धनमा विश्वविद्यालय लाग्नुपर्ने बताउनुभयो ।

विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यले विश्वविद्यालयका गुरुयोजना पूर्णरुपमा सम्पन्न भइसकेको र प्राज्ञिक कार्यक्रमको पनि वृद्धि भइरहेको जानकारी दिनुभयो ।

धर्म, प्रवचन र आवासमा सीमित “विहार”बाट शैक्षिक केन्द्रका रुपमा विकसित भएका नालन्दा महाविहार, विक्रमशीला महाविहारजस्ता बौद्ध विश्वविद्यालयमा पठनपाठन हुने विषयवस्तु र शिक्षण पद्दतिबाट प्रभावित विहार शिक्षा–गुम्बा शिक्षालाई पनि संरक्षण तथा सम्बद्र्धन गर्नु सो विश्वविद्यालयको स्थापनाको उद्देश्य हो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

युवाको भावना नबुझी राजनीतिक पुनर्जागरण सम्भव छैन : महासचिव पोखरेल

प्रधानमन्त्री बालेनलाई कालो चस्मा लगाएर संसद् जान स्वास्थ्य चिकित्सकको सुझाव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Bangladesh-India Relations Strained as Sheikh Hasina’s Exile Activities Spark Dispute

Cambridge Professor’s Death Exposes Culture of Deception in Academia

Experts Outline Paths Toward Pro-Animal Foreign Policy

Progressive Guide Urges Rethinking of Holidays to Align with Values

Documentary ‘Cycle’ Examines Pursuit of Justice After Police Shooting

Australian Music Charts Ban Fully AI-Generated Songs

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu