काठमाडौं २४ जेठ । प्रतिनिधि सभाको विशेष समय लिएर बोल्दै नेका महामन्त्री विश्व प्रकाश शर्माले गिरिवन्धु जग्गा प्रकरणमा ओलीले नै किन पहिले खुट्टा उचालेको भन्दै गम्भीर प्रश्न गरेका छन् । शर्माले गृहमन्त्रीले गिरिवन्धु प्रकरणमा केही बोल्न नसक्ने भन्दै आफ्नो शिक्षा मन्त्री सुमना श्रेष्ठबारे ओलीले बोलेको अभिव्यक्ति प्रतिवाद गर्न नसक्नेले ओलीका बारेमा के बोल्न सक्लान भन्दै प्रश्न गरे ।
बालेन शाहको प्रतिवाद गर्न पनि ओलीजी आफै तम्सिनुको कारण के हो ? शर्माले सोध्दै भने काठमाडौंको सडक विस्तार तथा पेटी निर्माणका बारेमा शाहले चालेको कदम सही भएको भन्दै प्रतिवाद गरे । ओलीले जहाँसुकै सिंगौरी खेल्दै हिंडेपनि कांग्रेस नतर्सने बताए ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै यस्तो चुनौती दिएका हुन् ।
“गृहमन्त्रीलाई खोज्न चाहन्छु,” शर्माले भने, “तपाईंले गिरीबन्धुको फाइल खोल्न सक्नुहुन्छ ? सक्नुहुन्न । बोल्न पनि सक्नुहुन्न ।”
शिक्षामन्त्रीका विषयमा यति ठूलो प्रश्न उठाउँदा पनि बोल्न नसकेको आरोप शर्माको थियो । शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीको नाम नलेखिए पनि ठेगाना र सिम्बोल नम्बर लेखिएको उल्लेख गर्दै ढुक्क हुन आग्रह गरे ।
दुई देशका राहदननी दुरुपयोग गरेको गृहमन्त्रीेले कसैको एउटै नम्वर नागरिकतामा मिल्यो रे भन्ने नाममा झम्टेर के गर्न खोजेको भन्दै शर्माले प्रश्न गरे । कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीप्रति संकेत गर्दै नेता शर्माले भने आखिर खोदा पहाड निकला चुहा भयो । के यो सरकारको छानविन यस्तै हो ।
प्रतिक्रिया दिनुहोस्