जनकपुरधाम २५ जेठ । नयाँ सरकार गठनको तयारीमा रहेका ६ दलले मधेस प्रदेशमा मन्त्रालयको भागबण्डामा सहमति जनाएका छन् ।
सीके राउत नेतृत्वको जनमत पाटीका सतिश सिंहले शुक्रबार दिउँसो १२ बजे मधेसको मुख्यमन्त्रीमा शपथ लिने तयारी छ। उनले आज बिहानै प्रदेश प्रमुख सुमित्रा सुवेदी समक्ष ५५ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेस गरिसकेका छन्।
मधेस प्रदेशका निर्वतमान मन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद समिर भट्टराईले ६ दलले आपसी सहमतिमा मन्त्रालयको भागबण्डा गरेको बताए ।
‘मुख्यमन्त्रीको शपथपछि आजै मधेसका ११ मन्त्रालयमा मन्त्री नियुक्त गर्ने सत्तारुढ दलहरुको तयारी छ ।
सत्ता साझेदार दलहरुमध्ये सबैभन्दा ठूलो दल एमालेलेले चार मन्त्रालय पाउने भएको छ। सरकारको नेतृत्वको तयारीमा रहेको जनमतले मुख्यमन्त्री बाहेक एउटा बन मन्त्रालय पाउने सहमति छ।
एमालेले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र युवा तथा खेलकुद, माओवादीले अर्थ र उद्योग बाणिज्य तथा पर्यटन, नेकपा एकीकृत समाजवादीले ऊर्जा, सिंचाइ तथा खानेपानी र कृषि, प्रदेश सभामा एकरएक सिट रहेका नागरिक उन्मुक्ति र नेपाल समाजवादी पार्टीले क्रमशः श्रम तथा यातायात र गृह र संचार तथा कानुन मन्त्रालय लिने सहमति ६ दलबीच भएको छ।
प्रतिक्रिया दिनुहोस्