ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद सुरक्षा संस्कृति विकास गरिनेः मन्त्री श्रेष्ठ


एबीसी न्यूज
२५ जेष्ठ २०८१, शुक्रबार   २ : ०६   बजे

काठमाडौं २५ जेठ । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले विद्यालयस्तरबाट विपद सुरक्षा संस्कृति विकास गरिने बताउनुभएको छ । मन्त्रालयको आयोजनामा भएको बागमती प्रदेश स्तरीय विपद प्रतिकार्यको कृत्रिम अभ्यास कार्यक्रमलाई हेटौँडाको औद्योगिक क्षेत्रमा सम्बोधन गर्नुहुँदै उहाँले विपद न्यूनीकरणका लागि जिल्लास्तरबाटै विपद सुरक्षा संस्कृतिको विकास गरिने जानकारी दिनुभयो ।

आर्थिक वर्ष ८१–८२ मा प्रदेशका १३ जिल्लाका १३ विद्यालय छनोट गरेर विद्यालय स्तरमा विद्यार्थीहरूलाई सुरक्षा संस्कृतिको बारेमा अध्यापन गराउने तयारी भएको उहाँको भनाइ छ । विपद न्यूनीकरण र व्यवस्थापनका लागि प्रदेश सरकारले गाउँ, टोल र वडा वडासम्म विपद स्वयंसेवक परिचालन गरेको बताउनुभयो । गत आवमा प्रदेशका ११ पालिकामा स्वयंसेवक परिचालन गरिएकाले यस आवको बजेटमा पनि सो कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाइ छ । जनस्तरबाटै परिचालित हुने स्वयंसेवकबाट विपद व्यवस्थापनमा प्रभावकारी काम गर्न सकिने बताउँदै मन्त्री श्रेष्ठले रैथाने स्तरमा रहेको ज्ञान, सीप र अनुभावलाई प्रयोग गरेर विपद न्यूनीकरणमा लाग्न आग्रह गर्नुभयो ।

प्रदेशमा विपद न्यूनीकरणका लागि विपद सामग्री खरिद गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै उहाँले मकवानपुरको हेटौँडा, नुवाकोटको विदुर र काभ्रेको धुलिखेलमा विपद सामग्री भण्डारण गरिएको जानकारी दिनुभयो ।

विपदको तीन चरण रहेको स्मरण गर्दै मन्त्री श्रेष्ठले पूर्व तयारी, प्रतिकार्य र पुनर्लाभको चरण मध्य पूर्व तयारी राम्रोसँग गर्न सकिए विपदबाट क्षति कम हुने विश्वास व्यक्त गर्नुभयो ।

विपद पूर्व तयारीको विषयमा आम नागरिकलाई पनि जानकारी दिन आवश्यक रहेको उहाँको भनाइ छ । मानविय गतिविधिले प्राकृतिक विपद बढेको बताउँदै उहाँले विकासको नाममा विनाश धेरै भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले विपद जोखिम न्यूनीकरण गर्न सबैको महत्त्वपूर्ण भूमिका हुने भएकाले सरकारी, गैरसरकारी र नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले विपदबाट १८ लाख मानिस प्रभावित हुने अनुमान गरिएकाले सबैलाई पूर्व तयारीका साथ रहन आग्रह गर्नुभयो ।

मध्य पृतनापति प्रदीपजंग केसीले प्राकृतिक विपदलाइ रोक्न नसकिए पनि न्यूनीकरण गर्न सकिने बताउँदै स्थानीय र जनप्रतिनिधिको भूमिका अझै महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले विपदमा सेना सधैँ अग्रभागमा रहने स्पष्ट पार्नुभयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्काउट, रेडक्रस, हेटौँडा उपमहानगरपालिकाका प्रतिनिधि लगायतकाको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बैंकिङ कसुर अभियोगमा शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सम्बन्धित

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

वेदिका केसीलाई एक दिन हिरासतमा राख्न अनुमति

सिरहामा प्रहरीको गोली चल्यो, २२५ ग्राम खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रधानमन्त्रीको कूटनीतिक नीति परिवर्तन? परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेको दाबी

सरकारले दलहरूबारे घृणा फैलाउँदैछ, प्रतिवाद गर्छौं : केपी ओली

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu