ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमडीएमएस ढिलोचाँडो लागु हुन्छ- सञ्चारमन्त्री शर्मा


एबीसी न्यूज
२५ जेष्ठ २०८१, शुक्रबार   ३ : २७   बजे

काठमाडौं २५ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइलमा ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ ९एमडीएमएस० लागु गर्नबाट सरकार पछि नहटेको स्पष्ट पारेकी छिन् ।

नेपाल मोबाइल व्यवसायी महासंघको शुक्रबारदेखि राजधानीमा सुरु दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभा उद्घाटन गर्दै सञ्चारमन्त्री शर्माले सरकारले ढिलोचाँडो मोबाइलमा एमडीएमएस लागु गरेरै छाड्ने बताएकी हुन ।

‘एमडीएमएस लागु हुन्न भन्ने नसोचौं, ढिलोचाँडो लागु हुन्छ । यो प्रणाली लागु गर्ने प्रक्रियामा सरकार अघि बढे पनी तत्काल लागु गर्न नसकिएको हो, तर सरकार ब्याक भएको होइन,’ सञ्चारमन्त्री शर्माले भनिन्, ‘निकट भविष्यमा यो लागु हुन्छ, ढुक्क हुनुस्, यसले देशको राजस्वमा पनि योगदान गर्ने छ ।’

उनले प्रविधि विकास नभइसकेका कारण सरकारले अहिले नै एमडीएमएस लागु गर्न नसकेको भने स्वीकारिन् ।

‘यो जरुरी हो भन्ने कुरामा प्रधानमन्त्री र हामी तयार छौं । यहाँ केही बदमासी पनि भएको रहेछ, छानबिन भइरहेको छ,’ उनले भनिन्, ‘अलि परिपक्व भएपछि एमडीएमएस लागु हुन्छ, सरकार त्यसमा तयार छ ।

मन्त्री शर्माले मोबाइल व्यवसायीले चोरीका मोबाइल बेच्न छाडे ‘ग्रे फोन’ कारोबार समेत बन्द हुने बताइन् । ग्रे फोन कारोबार बन्द भए देशको अर्थतन्त्रमा पनि वृद्धि हुने र त्यसले व्यवसायीको मार्जिनमा समेत वृद्धि हुन सहयोग पुग्ने बताइन् ।

महाधिवेशन मार्फत महासंघको आगामी कार्यकालका लागि नेतृत्व चयन हुँदैछ। महाधिवेशनका लागि ७० जिल्लाबाट करिब १ हजार प्रतिनिधि सहभागी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बैंकिङ कसुर अभियोगमा शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सम्बन्धित

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

वेदिका केसीलाई एक दिन हिरासतमा राख्न अनुमति

सिरहामा प्रहरीको गोली चल्यो, २२५ ग्राम खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रधानमन्त्रीको कूटनीतिक नीति परिवर्तन? परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेको दाबी

सरकारले दलहरूबारे घृणा फैलाउँदैछ, प्रतिवाद गर्छौं : केपी ओली

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu