ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेशका मुख्यमन्त्री सिंहद्वारा पदभार ग्रहण, ‘एक पालिका एक कृषि उत्कृष्टता केन्द्र स्थापना’ गर्ने निर्णय


एबीसी न्यूज
२५ जेष्ठ २०८१, शुक्रबार   ४ : ४८   बजे

काठमाडौं २५ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले १ सय ३६ वटै स्थानीय तहमा बाँझो जग्गा उपयोग गरी नमुना कृषि विकास मोडल लागू गरी एक पालिका एक कृषि उत्कृष्टता केन्द्रु स्थापना गर्ने निर्णय गरेका छन् ।

मधेशका मुख्यमन्त्री सिंहद्वारा पदभार ग्रहण, ‘एक पालिका एक कृषि उत्कृष्टता केन्द्र स्थापना’ गर्ने निर्णय

शुक्रबार पद तथा गोपनियताको शपथ लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री सिंहले मधेश प्रदेशको हरेक स्थानीय तहमा नमुना रुपमा एकरएक खुला शैक्षिक पार्क बनाउने, मधेश आन्दोलनका शहीद, घाइते परिवारलाई सम्बोधन हुने कार्यक्रम, संघीयताका प्रणेता स्वर्गीय गजेन्द्रनारायण सिंह र प्रथम गणतन्त्रवादी नेता स्व। रामराजाप्रसाद सिंहको सम्मानमा विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् ।

प्रदेशको तथ्यांक भरपर्दा र विश्वसनीय बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापना गर्ने, वैदेशिक रोजगारबाट सीप सिकेर फर्केका जनशक्तिको पहिचान गरी श्रम बैंकको रुपमा स्थापना गरी सिपलाई रोजगारीसँग जोड्ने कार्यक्रम अगाडि बढाउने निर्णय मुख्यमन्त्री सिंहले गरेका छन् ।

मधेश प्रदेशमा लगानी सम्मेलन गर्ने, मधेशमा सुशासनको जग स्थापित गर्न खोजमूलक पत्रकारिता प्रवर्द्धन गर्दै प्रदेश सरकार र मिडिया साझेदार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । मधेशको खेल क्षेत्रलाई गतिशील बनाउन प्रदेश गौरवको आयोजनाको रुपमा रंगशाला निर्माण गर्ने र खेलाडीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्ने मुख्यमन्त्री सिंहको निर्णय छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बैंकिङ कसुर अभियोगमा शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सम्बन्धित

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

वेदिका केसीलाई एक दिन हिरासतमा राख्न अनुमति

सिरहामा प्रहरीको गोली चल्यो, २२५ ग्राम खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रधानमन्त्रीको कूटनीतिक नीति परिवर्तन? परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेको दाबी

सरकारले दलहरूबारे घृणा फैलाउँदैछ, प्रतिवाद गर्छौं : केपी ओली

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu