ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय योजना आयोगको सदस्यमा डा. रमेशप्रसाद सिंह नियुक्त


एबीसी न्यूज
२५ जेष्ठ २०८१, शुक्रबार   ४ : ५०   बजे

काठमाडौं २५ जेठ । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा डा। रमेशप्रसाद सिंहलाई नियुक्त गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्को जेठ २४ गते ९बिहीवार० बसेको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त रहेको सदस्य पदमा सिंहलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएकी हुन्।

उनले शुक्रवार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रवन्धकमा पदम ओलीलाई नियुक्त गर्ने गरिएको पनि बताइन्।

 

त्यसैगरी सरकारले ५२ वटा विभिन्न रोगलाई संक्रामक रोगको रुपमा पनि घोषणा गरेको छ।  यस्ता छन् मन्त्रिपरिषदका निर्णय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा लगानी सहजीकरण सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने भन्ने निर्णय भएको छ।

हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी मकवानपुरलाई नियुक्त गर्ने निर्णय भएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रवन्धक पदमा पदम ओली बाजुरालाई नियुक्त गर्ने।

त्यसैगरेर खानेपानी मन्त्रालयको प्रस्तावमा मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवक्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने।

गृह मन्त्रालयको प्रस्तावमा आवासीय सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम तोकिएको आवासीय सेवामा हडताल गर्न निषेध आदेश जारी गर्ने र सोको सूचना राजपत्रका प्रकाशन गर्ने। यो हरेक ६ महिनामा हुने गर्छ।

तोकिएको सेवा उपलब्ध गराउँदा विभिन्न क्षेत्रका लागि तोकिएको मितिबाट लागू हुने गरी राष्ट्रिय परिचय पत्रबाट समेत सेवा लिन सक्ने गरी राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन २०७६ बमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने भन्ने निर्णय पनि भएको छ।

परराष्ट्र मन्त्रालयको प्रस्तावमा भारत, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य इजरायल, साउदी अरव, कतार, मलेसिया, डेनमार्क, स्पेन, दक्षिण कोरिया र पोर्चुगलका लागि नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने भन्ने निर्णय पनि हिजोको मन्त्रिपरिषद बैठकले गरेको छ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राय खोटाङलाई तोक्ने निर्णय भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ बमोजिम विभिन्न ५२ वटा रोगलाई संक्रामक रोगको रूपमा तोक्ने निर्णय पनि भएको छ।

जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८१ स्वीकृत भएको छ।  ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन नियमावली २०८१ पनि स्विकृत भएको छ।

राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा डा। रमेशप्रसाद सिंहलाई नियुक्त गर्ने निर्णय भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group