ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने


एबीसी न्यूज
२७ जेष्ठ २०८१, आइतबार   १ : १९   बजे

काठमाडौं २७ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ ।

विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले विमानस्थलको क्षमता विस्तार आयोजना अन्तर्गत स्तरोन्नतिका लागि आगामी कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म दैनिक १० घण्टा बन्द हुन लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलको क्षमता विस्तारका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थलमा उडान–अवतरण बन्द हुने छ । यसका लागि नेपालमा अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीसँग छलफल गरेर नोटाम ९विमानस्थलमा उडान गतिविधि बन्द हुने सूचना० जारी भइसकेको छ ।”

प्रमुख निरौलाले नेपाल नागरिक उड्डयन प्राधिकरण, हवाई यातायात क्षमता अभिवृद्वि आयोजना अन्तर्गत हाल धावनमार्गका दुवैतर्फको विन्दुतर्फ नयाँ समानान्तर ट्याक्सी–वे निर्माण भइरहेको जानकारी दिनुभयो । उहाँले ट्याक्सी–वे र धावनमार्ग जोड्ने लिङ्क–वे तथा जहाज पार्किङ एरिया एप्रोनसँग जोड्ने बाटो निर्माण र ह्याङ्गर क्षेत्रतर्फ एरिया विस्तारका लागि विमानस्थल बन्द गर्न लागिएको जानकारी दिनुभयो ।

प्रमुख निरौलाले हाल पाँच ठाउँबाट ट्याक्सी–वे धावनमार्गमा जोडिएकोमा चैतसम्म १० ठाउँबाट धावनमार्गलाई ट्याक्सी–वे र एप्रोनसँग जोड्ने काम सम्पन्न हुने बताउनुभयो । उहाँका अनुसार विमानस्थलको धावनमार्गको मध्य भागबाट ७५ मिटर वरपर चौतर्फी ट्याक्सी–वे विस्तारको काम हुन लागेको हो । उहाँले विमानस्थल स्तरोन्नतिको काम सकिएपछि ट्याक्सी–वे विस्तारसँगै धावनमार्गको क्षमता करिब २० प्रतिशत बढ्नुका साथै हवाई ट्राफिकमा समेत कमी आउने जानकारी दिनुभयो ।

कात्तिक २३ गतेसमम्म दसैँ तथा तिहारमा हुने हवाई चापसमेत कम हुँदै जाने र पर्यटकीय सिजनसमेत सकिने भएकाले उडान सेवा कम प्रभावित हुने विमानस्थल प्रमुख निरौलाले बताउनुभयो । हाल विमानस्थलमा दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म हवाई चाप कम रहेकाले राति १० बजेपछि उडान अवतरण गर्दै आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उक्त समयमा उडान तालिका सार्न सक्ने उहाँले बताउनुभयो । त्यस्तै भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत उडान–अवतरण गर्ने बाटो खुला रहेको उहाँले जानकारी दिनुभयो ।

हाल बिहान ६ बजे खुलेर राति २ बजे बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन हुँदै आएको छ । यहाँ राति १० बजेपछि नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, सिङ्गापुर एयरलाइन्स, क्याथे प्यासिफिक, कतार एयरवेजलगायतका वायुसेवाले उडान–अवतरण गर्दै आएका छन् । हाल विमानस्थलको धावनमार्गको उत्तरी विन्दुतर्फ भइरहेको निर्माण कार्यका कारण चैत १९ देखि बौद्धतर्फबाट जहाज अवतरणमा रोक लगाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस एकताका लागि नैनसिंह महरद्वारा प्रस्तुत तीन विकल्प

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती विस्तार गर्ने सहमति

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu