ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रिजेन्टिङ नेपाल दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटोग्राफी प्रतियोगिता सम्पन्न


एबीसी न्यूज
२७ जेष्ठ २०८१, आइतबार   २ : ०१   बजे

काठमाडौं २७ जेठ । अठोट नेपालको आयोजनामा प्रिजेन्टिङ नेपाल दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटोग्राफी प्रतियोगिता सम्पन्न भएको छ ।

काठमाडौको भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाहलमा सम्पन्न भएको कार्यक्रममा माननीय संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । नेपालको पर्यटन प्रवर्द्धनका लागि विगतका वर्षमा पनि यस प्रकारको कार्यक्रम गरेको यो संस्थाले यो पटक दोस्रो संस्करणका रूपमा सम्पन्न गरेको छ ।

यो पटक पहिलो दिन नेपालको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि तथा डिजिटल प्रविधिबाट नेपालको पर्यटनलाई कसरी प्रवर्द्धन गर्ने भन्ने विषयमा प्यानल डिस्कसन गरेको थियो भने दोस्रो दिन फोटो प्रतियोगिता सम्पन्न गरेको थियो ।

फोटोग्राफी अन्तर्गत फेस्टिबलरकल्चर, नेचररइन्भारोमेन्ट, पिपुलरलाइफस्टाइल र वाइड लाइफरवर्ड गरी चार विधामा प्रतिस्पर्धा गएको थियो । प्रत्येक विधाका विजेतालाई नगद ५० हजार पुरस्कार राशि सहित प्रमाणपत्र पनि वितरण गरेको थियो ।

उक्त कार्यक्रममा पर्यटन मन्त्री हितबहादुर तामाङले नेपालको पर्यटन प्रवर्द्धन गर्न डिजिटलाइजेशन जरूरी रहेको र फोटो तथा भिडियोको मुख्य भूमिका रहेको बताए । साथै यसलाई प्रवर्द्धनका लागि मन्त्रालयको स्तरबाट गर्नुपर्ने सहयोग र भूमिकामा कुनै कसर नराख्ने पनि मन्त्री तामाङले बताए ।

यसै गरी नेपालका लागि पाकिस्तानका राजदूत महामहिम अबरार एच। हास्मीले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ गर्नमा पर्यटन तथा संस्कृतिको महत्वपूर्ण भूमिका हुने तथा यस किसिमको कार्यक्रमले अझ बढी भूमिका खेल्ने बताए । साथै यस कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई निकै खुसी लागेको बताए ।

फोटो प्रतियोगितामा देशभरिका करिब ४०० फोटोग्राफरहरुका १५०० फोटोहरु प्रतियोगितामा सामेल गरिएका थिए भने यो फोटोहरुबाट नै सात प्रदेशका फोटोहरु प्रदर्शनीमा राखिएको आयोजक संस्थाका अध्यक्ष देवेन्द्र शाही ठकुरीले बताए ।

उक्त कार्यक्रममा पर्यटन मन्त्री हितबहादुर तामाङ, नेपालका लागि पाकिस्तानका राजदूत महामहिम अबरार एच। हास्मी, लुम्बिनी विकास कोष सद्भावना दूत तथा एभरेष्ट म्याराथुनका परिकल्पनाकार बिक्रम पाँडे काजी, नेपाल टुरिजम बोर्डका निर्देशक लक्ष्मण गौतम, उद्योग वाणिञ्य महासंघ बागमती प्रदेश अध्यक्ष, दिल सुन्दर श्रेष्ठ, पर्यटन व्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group