ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धितोपत्र बोर्डको अध्यक्षका यी हुन् ५ दाबेदार


abc tv
२ असार २०८१, आइतबार   १ : ५०   बजे

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि पाँच जना अन्तर्वार्ताका लागि छनौट भएका छन् । उनीहरुको अहिले अन्तर्वार्ता अहिले हुँदै छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मिन बहादुर श्रेष्ठको संयोजकत्वको सिफारिस समितिसमक्ष प्रत्याशीहरुले आफ्नो प्रस्तुतीकरण दिइरहेका छन्।

अन्तर्वार्ताका लागि नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बोर्डकै कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ, तत्कालीन बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं र सन्तोष श्रेष्ठ छनौट भएका छन्।

आजको अन्तर्वार्तामा पाँचै जनाले आफ्ना व्यावसायिक कार्ययोजनाहरु समितिमा प्रस्तुत गर्नेछन्।

उनीहरुको व्यावसायिक प्रस्तुतिका आधारमा छनौट समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा पठाउनेछ। तीनमध्ये मन्त्रिपरिषदले एक जनालाई बोर्डको अध्यक्ष चुन्नेछ।

यसअघि राजनीतिक खिचातानीमा पर्दै आएको अध्यक्ष नियुक्तिले अब भने तीव्रता पाएको छ। गत फागुनमा १५ गते नै सरकारले योजना आयोगका उपाध्यक्ष डा। श्रेष्ठको संयोजकत्वमा अर्थसचिव कृष्णहरी पुष्कर र शंकरदेव क्याम्पसका प्राध्यापक उदय निरौला सदस्य रहेको छनौट समिति गठन गरेर नियुक्त प्रक्रिया अगाडि बढाएको थियो।

तर अर्थमन्त्रीको ठाडो निर्देशनमा अन्तर्वार्ताका लागि उम्मेदवार छनौट गरे पनि त्यसपछिको प्रक्रिया अघि बढ्नसकेको थिएन।

यसअघि छनौट भएकै उम्मेदवारहरुलाई आज अन्तर्वार्ता लिन लागिएको हो। आज प्रस्तुतीकरण दिने उम्मेदवारहरुमा ३ जना धितोपत्र क्षेत्रकै नेतृत्व सम्हालिरहेका छन् भने एक जना बिमा क्षेत्रका र एक जना व्यवसायी छन्।

कृष्ण बहादुर कार्की नेपाल स्टक एक्स्चेन्जको नेतृत्व सम्हालिरहेका व्यक्ति हुन् भने डा।नवराज अधिकारी र मुक्ति श्रेष्ठ धितोपत्र बोर्डकै कार्यकारीको रुपमा काम गरिरहेका छन्।

यसबाहेक तत्कालीन बीमा समिति (अहिलेको बीमा प्राधिकरण) का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं छन्।

अध्यक्ष नियुक्ति पूर्ण राजनीतिक नियुक्ति हुने हुँदा आजको छनौट समितिमा राजनीतिक पहुँच बलियो भएकाको सम्भावाना बलियो देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu