ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 ८ देशका लागि राजदूत सिफारिस,भारतमा लोकदर्शन रेग्मी, अमेरिकामा घिमिरे


एबीसी न्यूज
८ असार २०८१, शनिबार   ६ : ०५   बजे

 

 

 

 

काठमाडौँ ८ असार । मन्त्रिपरिषद् बैठकले रिक्त रहेका राजदूत पदमा ८ जनालाई सिफारिस गरेको छ । भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन् । एमाले, माओवादी र जसपाको बन्नेहरूको नाम सिफारिस भएको हो ।

 

अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन् । दक्षिण कोरियाका लागि मानवअधिकारवादी सुशील प्याकुरेल सिफारिस भएका छन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीका पालामा सल्लाहकार थिए ।

 

डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, बेलायतका लागि बिजन पन्त, साउदी अरेबियाका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार सिफारिस भएका छन् । रास्वापाको कोटाको पछि सिफारिस हुनेछन् ।

भारतका लागि सिफारिस भएका रेग्मी बेलायतका लागि यसअघि राजदूत भएका थिए । केपी ओलीको सरकार परिवर्तन भएपछि फिर्ता हुने सूचीमा उनी परेका थिए । अमेरिकाका लागि सिफारिस भएका पूर्वसचिव घिमिरे विगतमा कोलकातास्थित महावाणिज्यदूत पनि बनेका थिए । तुलाधार महिला तथा बालअधिकारको क्षेत्रमा लामोसमयदेखि काम गरेकी व्यक्ति हुन् । तिमिल्सिना गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष हुन् ।

बेलायतका लागि सिफारिस भएका पन्त विकास मामिला जानकार हुन् । राजकर्णिकार राष्ट्रिय योजनाका पूर्वसदस्य हुन् । मुसलमान जसपाका बाँकेका नेता हुन् । मन्त्रिपरिषद्बाट सिफारिस भएकाहरूको संसदीय सुनुवाई पुरा भई एग्रिमो आएपछि नियुक्ति हुनेछ ।

रास्वपाले पाएको दुई जनामा कतार र साउदी अरेवियाका लागि उसले नाम उपलव्ध गराएपछि नियुक्त गर्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu