काठमाडौँ, १३ फागुन । सामाजिक अभियन्ता तथा त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसि विरुद्ध अख्तियारमा उजुरी परेको छ ।
नेकपा एमालेको भ्रातृ संगठन युवा संघका केन्द्रिय श्रम तथा रोजगार विभागका सचिव विपीन ढकालले आइतबार केसीविरुद अख्तियारमा उजुरी दर्ता गरेका छन् ।
उनले डा. केसीले सरकारी सेवामा कार्यरत रहेको बेला सेवाबाट विमुख भएको एवं अस्पतालमा उपलब्ध हुने सेवालाई प्रभावित पार्ने गरि आन्दोलन गरेको भन्दै उजुरी दर्ता गरेका हुन् । साथै उजुरीमा प्रधानन्यायाधीशको मर्यादा र गरिमामा आँच आउने क्रियाकलाप गरेकाले छानबिनको माग पनि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्