ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल -चीनबीच बिदेशमन्त्री स्तरीय संयुक्त आयोग बनाउने सहमति


एबीसी न्यूज
११ असार २०८१, मंगलबार   ८ : ५३   बजे

काठमाडौं ११ असार । नेपाल र चीनबीच भएको कूटनीतिक परामर्श संयन्त्रको बैठकमा दुवै पक्ष परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बनाउन सहमत देखिएका छन् ।

नेपाली पक्षबाट परराष्ट्र सचिव सेवा लम्साल र चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ नेतृत्वको प्रतिनिधि मण्डलबीच मंगलबार भएको बैठकपछि परराष्ट्रमन्त्री स्तरीय आयोग बनाउने सहमति भएको हो ।

नेपाल र भारतबीच सन् १९४७ परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग छ । तर, चीनसँग सचिव स्तरको संयन्त्र मात्र रहँदा कतिपय निर्णय कार्यान्वयनमा ढिलाइ भएको भन्दै मन्त्रीस्तरमै संयन्त्र बनाउनुपर्ने विषय पहिल्यैदेखि उठेको परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

बैठकपछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अहिले भएका दुईपक्षीय संयन्त्रलाई थप मजबुत बनाउँदै परराष्ट्रमन्त्री स्तरमा नयाँ संयन्त्र बनाउन दुवै पक्षले जोड दिएको उल्लेख गरिएको छ ।

बैठकमा नेपाल–चीन सम्बन्धबारे समीक्षा भएको भन्दै विगतमा भएका सहमति र समझदारीको कार्यान्वयनको अवस्थाबारे समेत समीक्षा भएको भनिएको छ ।

‘दुवै पक्षले एकआपसमा सहमति भएका क्षेत्रमा सहकार्य बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् भने पारस्परिक हितका लागि आर्थिक अवसरको क्षेत्रमा काम गर्ने प्रतिवद्धता पनि जनाएका छन्’, विज्ञप्तिमा भनिएको छ ।

बैठकमा परराष्ट्र मन्त्रालयका उत्तरपूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकालसहित मन्त्रालयका अन्य उच्च अधिकारीहरु पनि सहभागी थिए । चिनियाँ पक्षबाट नेपालस्थित राजदूत छन् सङसहितका अधिकारीहरु सहभागी थिए ।

चिनियाँ उपविदेशमन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई सोमबार नै भेटिसकेका छन् भने बुधबार राष्ट्रपति रामचन्द्र पौडेल र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu