काठमाडौं १५ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न देउवा पत्नी आरजुसहित शनिबार दिउँसो साढे ३ बजे बालकोट पुगेका थिए । उनीहरुबीच करिब सवा दुई घण्टा कुराकानी भएको थियो ।
उनीहरुबीच राजनीतिक अस्थिरता र साना दलहरुको बार्गेनिंगमा देश कहिलेसम्म चल्न दिने भन्ने विषयमा गम्भीर छलफल भएको छ । केही दिन पहिले प्रधानमन्त्री प्रचण्डले आफ्नो जादुई नम्वरका कारण ५ वर्ष नै प्रधानमन्त्री भन्ने अभिव्यक्तिले मुख्य दुई दललाई एक ठाउँमा उभिन बाध्य पारेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्