ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा एसको अध्यक्षमा माधव नेपाल सर्वसम्मत


abc tv
२० असार २०८१, बिहिबार   १ : ४८   बजे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत बनाउन नेताहरू सहमत भएका छन् ।

काठमाडौँको कमलादीस्थित रोयल सिंगी होटलमा शीर्ष नेताहरूबीच भएको छलफलमा नेपालका नाममा सहमति जुटेको हो ।

एक नेताले भने, ‘अध्यक्षमा माधव नेपाल सर्वसम्मत भइसक्नुभयो । अब अरू पदाधिकारीको हकमा सहमति खोज्ने प्रयास भइरहेको छ ।’ ती नेताका अनुसार, पदाधिकारीमा सहमति जुटाएर केन्द्रीय सदस्यमा समेत सहमति खोज्ने प्रयास भइरहेको छ ।

यसअघि नेता घनश्याम भुसालले अध्यक्षमा दावेदारी गर्दै आएका थिए । तर छलफलका क्रममा उनले सहमतिमा आउने संकेत गरेसँगै नेपाल अध्यक्षमा सुरक्षित भएका हुन् । भुसाललाई महासचिव वा वरिष्ठ उपाध्यक्षमध्ये एक पदमा सुनिश्चित गर्ने तयारी भइरहेको एक नेताले बताए ।

ती नेताका अनुसार हाल २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्थामा थप सय जना केन्द्रीय सदस्य थपेर भए पनि सहमतिमै नयाँ केन्द्रीय कमिटी चयन गर्ने तयारी भइरहेको छ ।

यदि त्यसमा सहमति नजुटे पदाधिकारी बाहेकमा निर्वाचन गर्ने र महाधिवेशन सक्ने तयारी समेत भइरहेको छ । असार १६ गतेबाट सुरु भएको महाधिवेशनमा चौथो दिन विभिन्न प्रतिवेदनहरू पारित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu