ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस एमाले गठबन्धनले प्रतिक्रान्तिको खतरा बढ्यो : सीपी गजुरेल


एबीसी न्यूज
२० असार २०८१, बिहिबार   २ : ३३   बजे

काठमाडौं २० असार । क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता सीपी गजुरेलले कांग्रेस र एमालेको पछिल्लो गठबन्धनका कारण प्रतिक्रान्तिको खतरा रहेको बताएका छन् । संविधान संशोधनमार्फत देशलाई फेरि प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेको उनले आशङ्का व्यक्त गरे ।

बिहीबार रातोपाटीसँग कुराकानी गर्दै उनले प्रतिगमनतिर कांग्रेस र एमाले गएमा अग्रगमनका पक्षधर क्रान्तिकारी शक्तिहरू मिलेर सङ्घर्ष गर्ने बताए । ‘पछिल्लो सत्ता समीकरणलाई हामीले गम्भीर रूपमा अध्ययन गरिरहेका छौँ । खासगरी यो संविधान नै परिवर्तन गर्ने भनेर उनीहरू आइराखेका छन् । यसले फेरि प्रतिगमनमा जाने हो कि भन्ने खतरा बढाएको छ । प्रतिगमन भयो भने त्यसकाविरुद्ध अग्रगमन पक्षधरसँग मिलेर जान सकिन्छ’, उनले भने ।

गजुरेलले प्रतिगमनविरुद्धको सङ्घर्षमा लाइन स्पष्ट भए प्रचण्डसँग सहकार्य गर्न सकिने गजुरेलले बताए । सत्ता समीकरण फेरबदल पहिले प्रचण्डले प्रयोग गरेको, अहिले ओली र देउवाले प्रयोग गरेकाले उनी पछि परेको उनको बुझाइ छ ।

‘सत्ता समीकरण बदल्न पहिले प्रचण्डजीले प्रयोग गर्नुभयो । अहिले ओली र देउवाले प्रयोग गरे । पछिल्लो सत्ता समीकरण फेरबदल त्यसैको निरन्तरता हो । व्यवस्थाभित्र हुने समीकरण फेरबदलले देश र जनतााई फरक पर्दैन ।’

असार १७ गते ठुला दल कांग्रेस र एमालेबिच सत्ता सहकार्य भएपछि प्रचण्ड सरकार बहिर्गमनको पर्खाइमा रहेको छ । प्रचण्डले पछिल्लो गठबन्धनलाई प्रतिगमनतर्फ जाने षड्यन्त्र भएको निष्कर्ष निकाल्दै वामपन्थी क्रान्तिकारी शक्तिहरूसँग मिलेर सङ्घर्ष गर्ने बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group