काठमाडौं २१ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्। उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय गएको गृहमन्त्री लामिछानेका प्रेस संयोजक प्रमोद न्यौपानेले जानकारी दिए।
‘उहाँ रवि लामिछाने अहिले भर्खर पीएम अफिस ९प्रधानमन्त्रीको कार्यालय० पुग्नुभएको छ’, उनले शुक्रबार दिउँसो २स्२४ बजे नेपालखबरसँग भने, ‘समसामयिक विषयमा छलफल गर्न जानुभएको हो।’
प्रेस संयोजक न्यौपानेले विषय भने प्रस्ट खुलाएनन्।
त्यसो त बिहीबार मात्र गृहमन्त्री लामिछानेसहित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का मन्त्रीहरूले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए।
कांग्रेस(एमालेको नयाँ सत्ता समीकरण बनेपछि मन्त्री पदबाट राजीनामा दिने तयारीका साथ गएका उनीहरू प्रचण्डको आग्रहपछि पछि हटेका थिए।
रास्वपाका मन्त्रीहरूसँग प्रधानमन्त्रीको आग्रह( अहिले राजीनामा नदिनुहोस्, म सदन फेस गर्छु
अब उनीहरू प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने दिनसम्म राजीनामा नदिने सोचमा पुगेका छन्। बरु उनीहरूले प्रधानमन्त्रीलाई चाँडै विश्वासको मत लिन सुझाव दिएका छन्।
विश्वासको मत लिने प्रचण्डको जिद्दी स् ओलीलाई रोक्ने रणनीति
त्यसको भोलिपल्टै गृहमन्त्री लामिछाने प्रधानमन्त्री भेट्न मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन्।
प्रतिक्रिया दिनुहोस्