ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजेन्द्र खड्गीले लिए ३ सहयोगीको नाम, कोरियन प्रहरीसंगको सहकार्यमा खोजी कार्य सुरु


admin
१४ फाल्गुन २०७४, सोमबार   ३ : ३१   बजे

काठमाडौँ, १४ फागुन । मानवतस्करी मुद्धामा मुछिएका कलाकार राजेन्द्र खड्गीले सो तस्करीमा संलग्न तीन जनाको नाम बताएको खुलासा भएको छ । सिआइबी स्रोतका अनुसार खड्गीले एक नेपाली र दुई कोरियन नागरिकको नाम लिएका छन्।

मानवतस्करी मुद्दामा कोरियन नागरिकहरुको समेत संलग्नता भेटिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कोरियन प्रहरीसँगको सहकार्यमा अनुसन्धान गर्ने भएको छ।

हाल दक्षिण कोरियामै रहेका खड्गीका साथी नेत्रबहादुर रानाले मानवतस्करीमा सघाएको खुलासा भएको हो । त्यस्तै अन्य दुई जना कोरियनको नामसमेत खुलेको छ। ती कोरियनहरु नेपाल आएका थिए। उनी लगायत कोरियनलाई पक्राउ गर्न सिआइबीले इन्टरपोलमार्फत कोरियन प्रहरीसँग अनुरोध गरेको छ।

फिल्मको सुटिङका लागि भनेर दूतावासबाट भिसा लिएर दक्षिण कोरिया गएका युवाहरु उतै बेपत्ता भएपछि काठमाडौंस्थित दक्षिण कोरियन दूतावासले प्रहरीमा जाहेरी दिएको थियो। सोही आधारमा सिआइबीले खड्गीलाई माघ २५ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

खड्गीले कोरिया गएका युवाहरु नफर्किए आफू जिम्मेवार हुने भन्दै दूतावासमा कागज गरेका थिए। सोही आधारमा सिआइबीले उनलाई पक्राउ गरेको हो।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu