ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन: वाम एकता प्रस्ताव, सत्ता परिवर्तनको निन्दा


एबीसी न्यूज
२१ असार २०८१, शुक्रबार   ८ : २२   बजे

काठमाडौं, २१ असार । १९ बुँदे प्रस्ताव सार्वजनिक गर्दै एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन सकिएको छ ।माधव नेपाल अध्यक्ष, झलनाथ खनाल सम्मानित नेता र घनश्याम भूसाललाई निर्विरोध महासचिव चयन गरेको एकीकृत समाजवादीले बाँकी पदाधिकारी चयन गर्ने जिम्मा सचिवालयलाई दिएको छ ।

कमिटीलाई पूर्णता दिने म्याण्डेट बमोजिम शुक्रबार ९३ जना केन्द्रीय सदस्य घोषणा गरिएको छ । यसअघि पोलिटब्यूरोमा रहेका नेताहरूलाई केन्द्रीय कमिटीमा राखेर घोषणा गरिएको छ ।

बाँकी पदाधिकारी र केन्द्रीय कमिटीबारे तत्काल निर्णय नहुने भएको छ । तर शुक्रबार महाधिवेशन समापन भएको सन्देश दिन १९ बुँदे प्रस्ताव सार्वजनिक गरिएको छ ।

जसमध्ये अधिकांश प्राविधिक विषय छन् । राजनीतिक विषयमा भने एकीकृत समाजवादी कम्युनिष्ट एकताको पक्षमा रहेको प्रष्ट पारेको छ ।

‘वर्ग संघर्षलाई सही दिशा र गति दिनका लागि र समाजवादी क्रान्तिका लागि वामपन्थीहरूबीच बृहत एकता र सहकार्य अगाडि बढाउन यो महाधिवेशन नेपालका सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूलाई आह्वान गर्दछ’, अपिलमा भनिएको छ ।

सँगै नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सत्ता परिवर्तनको निर्णयको चर्को भाषामा आपत्ति जनाइएको छ । कुनै सैद्धान्तिक आधार विना गरिएको सत्ता परिवर्तनको निर्णय दक्षिणपन्थी अवसरवाद भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘सरकारको समीकरण परिवर्तन गर्दै कुनै सैद्धान्तिक आधार विना सत्ता स्वार्थका लागि जोसँगै पनि जतिखेर पनि जस्तोसुकै सम्झौता गरेर अस्थिरता निम्त्याउने काम गर्नु दक्षिणपन्थी अवसरवाद हो भन्ने यो महाधिवेशनको निष्कर्ष छ’, वक्तव्यमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group