ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभामा सांसदको माग- अल्पमतका प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ


एबीसी न्यूज
२३ असार २०८१, आइतबार   २ : १७   बजे

काठमाडौं २३ असार । प्रतिनिधि सभाका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिन आग्रह गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले बहुमत गुमिसकेकाले संसदले वर्तमान सरकारलाई हटाउनुपर्ने तर्क समेत गरेका छन्।

कांग्रेस सांसद रामहरी खतिवडाले बाढी र पहिरोले सडक अवरुद्ध पारेजस्तै सरकारले देश नै अवरुद्ध पारेको उल्लेख गर्दै संसदले त्यसलाई पन्छाउनुपर्ने बताए।

 

‘सदनले सरकारलाई पन्छाउनु पर्‍यो। बाढी र पहिरोले सडक छेकेजस्तै सरकारले ससदको कामलाई पनि छेकेको छ,’ उनले भने।

एमाले सांसद रघुजी पन्तले संसदमा बहुमत गुमाइसकेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले नैतिकताको आधारमा पनि राजीनामा दिन उपयुक्त हुने बताए। संविधानले उनलाई विश्वासको मत दिने अधिकार दिएपनि बहुमत गुमाएकाले प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए।

‘लोकतन्त्रको शौन्दर्य त्यसको एउटा नैतिक पक्ष हुन्छ। एउटा संवैधानिक पक्ष पनि हुन्छ। तर नैतिक कुराहरू संविधानमा लेखिएको हुँदैन। अहिलेको नैतिक प्रश्न के हो भने प्रधानमन्त्रीले राजीनामा दिनुहोस्,’ उनले भने, ‘यद्यपि संविधानले उहाँलाई विश्वासको मत लिने अधिकार दिएको छ। विश्वासको मत लिने समय पनि दिएको छ। तर नैतिक पक्ष त्यो होइन। अत्याधिक रुपमा उहाँले बहुमत गुमाईसकेपछि राजीनामा गर्नु उपयुक्त हुन्छ। बहुमत नभएकाले उहाँको काम राजीनामा दिने मात्रै हो।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बहुमत पुर्‍याउन सक्ने अवस्था नभएकाले संसदमा विश्वासको मत लिने काम आवश्यक नभएको राप्रपाकी सांसद रोशन कार्कीले बताइन्।

उनले प्रधानमन्त्रीसँग बढिमा ६३ मत रहेकाले संसदमा बहुमत पाउने अवस्था नरहेको तर्क गरिन्।

‘प्रधानमन्त्री दाहालसँग ६३ मत मात्रै रहेकाले बहुमत पुर्‍याउन गाह्रो छ। त्यसकारण यतातर्फ ध्यान दिन सरकारलाई आग्रह गर्न चाहन्छु,’ उनले भनिन्।

यता प्रधानमन्त्री प्रचण्डले आगामी असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन्।

तर कांग्रेस, एमालेसहितका सांसदहरूले भने सत्ता साझेदार दलहरूको समर्थन गुमाउँदै गएका प्रधानमन्त्रीले पदमा बसिरहन उपयुक्त नहुने जिकिर गर्दै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group