ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पश्चिम नेपालमा मनसुन निष्क्रिय, पूर्वी नेपालमा सक्रिय


एबीसी न्यूज
२५ असार २०८१, मंगलबार   ९ : ००   बजे

काठमाडौं, २५ असार । पश्चिम नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेकाले हिजो दिउँसोदेखि नै मनसुनको गतिविधिमा उल्लेख्य कमी आएको छ । त्यहाँ विगत १२ घण्टादेखि वर्षा पनि कम भएको छ ।

कञ्चनपुरको दोधारा, हनुमाननगर लगायत स्थानमा दुई दिनसम्मको वर्षाले सबै ‘रेकर्ड’ तोडेको थियो । वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण जनजीवन अस्तव्यस्त भएको छ । त्यहाँ सुरक्षाकर्मी र स्थानीय प्रशासन बाढी पीडितलाई राहत वितरण र व्यवस्थापनको काममा सक्रिय छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सन्जिव अधिकारी मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालतिर रहँदा भएको अति भारी वर्षाले सुदूरपश्चिमका जिल्लाहरु प्रभावित भएको बताउँछन् ।

‘अहिले भने पश्चिम नेपालबाट मनसुन न्यूनचापीय रेखा थोरै दक्षिणतिर सरेकाले वर्षा रोकिएको छ,’ मौसमविद् अधिकारीले भने, ‘विगत १२ घण्टादेखि पश्चिम नेपालमा वर्षा नै नभएको अवस्था छ ।’

उनका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक–दुई दिनलाई भारी वर्षा हुने देखिंदैन । ‘मनसुनको बेला छ, पानी त पर्छ तर कर्णाली र सुदूरपश्चिममा एक–दुई दिनलाई भारी वर्षा हुने देखिँदैन,’ उनले भने, ‘हल्कादेखि मध्यमसम्म मात्र सीमित हुने देखिन्छ ।’

मौसमविद् अधिकारीका अनुसार सोमबार रातितिर कर्णालीका एक दुई स्थानमा छिटफुट वर्षा भएको देखिएको छ । लुम्बिनीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।

पूर्वी नेपालका भूभागमा भने मनसुनको न्यूनचापीय रेखा सरदर र सरदर स्थानभन्दा थोरै माथि रहेकाले केही स्थानहरुमा मध्यमदेखि भारी वर्षा भएको छ ।

पश्चिम नेपालमा आगामी दुई दिन मनसुन निष्कृय रहे पनि मध्य र पूर्वी नेपालमा सक्रिय रहने पूर्वानुमान छ । ‘आगामी बुधबार र बिहीबार मध्य र पूर्वी नेपालका भूभागमा मनसुन थोरै सक्रिय रहने देखिन्छ,’ मौसमविद् अधिकारीले भने ।

कोशी प्रदेशको सुनसरी जिल्लाका थोरै स्थानहरुमा गएराति धेरै भारी वर्षा भएको छ । आज बिहान भने बागमती, गण्डकी र कोशीका अरु धेरै ठाउँहरुमा हल्कादेखि मध्यम वर्षा भएको छ । मधेशका थोरै स्थानमा पनि भारी वर्षा भएको छ । आज बिहान धनुषा, सर्लाही जिल्लाको आसपासमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश र गण्डकी प्रदेशसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना छ । तर भारी वर्षाको सम्भावना भने छैन । आज बिहान पनि काठमाडौंका थोरै भूभागहरुमा वर्षा भएको छ ।

आज दिउँसो र भोलि (बुधबार) पनि काठमाडौंमा वर्षाको पूर्वानुमान छ । ‘काठमाडौं उपत्यकामा ठूलो पानी पर्ने, झरी पर्ने सम्भावना छैन, तर हल्कादेखि मध्यम किसिमको पानी पर्ने सम्भावना छ,’ मौसमविद अधिकारीले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सम्बन्धित

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu