काठमाडौं २५ असार । सौन्दर्य प्रतियोगिता ‘द मिसेस नेसनल २०२४’ को उपाधि इलामकी सुजाता सुब्बाले जितेकी छिन्।
जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा सुब्बाले उपाधिसहित वेष्ट फिगरको उप विधामासमेत सफलता हात पारिन्।
सुब्बा फेसन डिजाइनर तथा कटिङ र स्टिचिङ ट्रेनर समेत हुन्। क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा आयोजित दोस्रो संस्करणको नारा महिलालाई सशक्त बनाउँ, राष्ट्रलाई सशक्त बनाउँ भन्ने रहेको थियो।
त्यसैगरि, मञ्जु आचार्य फस्ट रनरअपका र मञ्जिल रञ्जितकार सेकेण्ड रनरअप घोषित भए। १६ विवाहित महिलाहरुले अन्तिम प्रतिस्पर्धामा सहभागी भएका थिए।
लभिन अन्सारीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा मोडल दीपक घिमिरे, फेसन डिजाइनर मिनु श्रेष्ठ र अन्तराष्ट्रिय जुम्बा प्रशिक्षक प्रतिमा श्रेष्ठ निर्णायक रहेका थिए।
प्रतियोगिता पूर्व खानेपानी मन्त्री महेन्द्र यादव, सांसद रेणु साह, माष्टर सेफ सन्तोष शाह र अभिनेता किरण केसीको आतिथ्यतामा सम्पन्न भएको थियो।
प्रतिक्रिया दिनुहोस्