ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महामन्त्री मुकुल ढकालले रविको राहदानी र सहकारी ठगी बारे उच्चस्तरीय छानविन गर्न माग(भिडियो)


एबीसी न्यूज
२६ असार २०८१, बुधबार   ६ : ३५   बजे

काठमाडौं २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीलगायतका सबै जिम्मेवारीबाट निष्कासनमा परेका मुकुल ढकालले सभापति रवि लामिछानेको दोहारो राहदानी र उनको सहकारी गठीसम्वन्धी उच्चस्तरीय आयोग बनाउन चेतावनी दिएका छन् । पार्टीले निश्काशन गरेपछि बुधबार पत्रकार सम्मेलन गरेका पार्टीका संस्थापक ढकालले भने रवि लामिछानेले एकैपटक अमेरिकी र नेपाली राहदानी राख्नेमात्र होइन प्रयोग पनि गरेका थिए । त्यो घटनालाई हामीले प्राविधिक त्रुटीजस्तो मानेर महत्व नदिए पनि अब छानविन गर्नु पर्ने समय आएको बताए ।
गत १९ गतेको बैठकमा मुखमा कालो टेप लगाएर बस्नु आफ्नो कमजोरी भएको हुनसक्ने उनले स्वीकार गरेका छन् । तर त्यसपछि बैठक स्थगित गरेर आफूसँग संवाद गर्नुका साटो बैठक जारी राख्नु लामिछाने क्लवले मलाई हटाउन खोजेको कुनियत प्रष्ट भएको आरोप लगाए । उनले भने त्यसपछि पनि मैल् सभापतिसँग संवाद गर्न खोजें तर उनले मानेनन् ।

सभापति लामिछानेप्रति निकै असन्तुष्ट देखिएका डा. ढकालले सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग गरे । पछिल्लो पटक सर्वोच्च अदालतले नै लामिछानेमाथि अनुसन्धान गर्नुपर्छ भनिसकेको भन्दै उनले भने, ‘यसमा रास्वपाको धारणा के छ ? पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्छ ।’

 

छानविन समितिमा बस्नेहरु लामिछानेले नभई राजदूत छनोट जस्तै प्रक्रियामा अपनाए जस्तै सार्वजनिक आह्वान गरेर इमान्दार र विज्ञहरुको आयोग बनाउन उनले माग गरेका छन् ।

उनले लामिछानेको पासपोर्ट प्रकरणबारे पनि पार्टीले छानबिन गर्नुपर्ने उनको माग छ । यो मुद्दामा उनी दोषी ठहर भए भोलिका दिनमा चुनाव नै लड्न नपाउने भन्दै उनले भने, ‘यो पार्टी जीवनसँग जोडिएकाले उच्चस्तरीय छानबिन गर्नुपर्छ ।’

ढकालले आफूले जनताको कुरा बोल्दा कारबाही गरेको भन्दै आगामी महिना प्रस्ताव यात्रा सुरु गर्ने र कसरी जाने भनेर जनतालाई सोध्ने बताए ।

पार्टीभित्र आार्थिक हिनमिना
ढकालले रास्वपाभित्र आर्थिक पारदर्शिता नरहेको उनले आरोप खुलासा गरेका छन्।
‘उपसभापति डिपी अर्यालले साथीहरूले दिएको पैसा पार्टीलाई नदिई सीधै आफ्नो खल्तीमा राख्नुभएको छ। दुई साताअघि पनि त्यस्तो भएको छ,’ ढकालको आरोप छ, ‘कानुनअनुसार पार्टीले ऋण लिन नपाउने प्रावधानबारे मैले सम्झाउँदा पनि अर्यालले पार्टीको ऋणको नाममा पैसा कारोबार गरिरहनुभयो।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu