काठमाडौ । चितवनमा भएको दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको फौज घटनास्थलमा पुगी उद्दार कार्य शुरु गरेको छ ।
आज बिहान ३ बजेको समयमा चितवन भरतपुर महानगरपालिका–२९ सिमलताल भन्ने ठाउँमा अबिरल वर्षाका कारण ठूलो पहिरो गएको थियो । पहिरोले दुईवटा बस बगाएर नारायणी नदीमा बेपत्ता भएका छन् ।
वीरगंजबाट काठमाडौ आउँदै गरेको विङर गाडीमा अन्दाजी २०–२१ जना र काठमाडौबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बसमा अन्दाजी ४०–४२ जना रहेको प्रारम्भिक अनुमान छ ।
घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट बाट ४५ जना र बिपद व्यवस्थापन तालिम शिक्षालयबाट सात जना गोताखोर सहित २५ जना परिचालन भएको सशस्त्र प्रहरी बल मुख्यालयका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्