काठमाडौं २८ असार ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने बताएका छन् ।
प्रतिनिधिसभाबाट शुक्रबार विश्वासको मत लिने क्रममा प्रधानमन्त्री दाहालले सम्बोधन गर्दै प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको उल्लेख गर्दै आउने दिनमा पनि संविधानको रक्षाका लागि आफू नेतृत्वको पार्टी निरन्तर लागिपर्ने उल्लेख गरे ।
‘यो संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ । त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन र बनाउन पनि दिँदैनु प्रधानमन्त्री दाहालले भने,’उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायको दशक लामो विद्रोह र त्यसपछिका आन्दोलनहरूको जगमा बनेको यो संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको हो र आउने दिनमा पनि त्यसरी नै बचाइनेछ ।’
संविधानमा च्यात्ने षडयन्त्रलाई सफल हुन कदापि दिइने छैन : प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा ठुलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि संविधानले प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको उल्लेख गर्दै आउने दिनमा पनि संविधानको रक्षाका लागि आफू नेतृत्वको पार्टी निरन्तर लागिपर्ने बताए ।
“यो संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठुलो लगानी छ । त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन र बनाउन पनि दिँदैन,” प्रधानमन्त्री प्रचण्डले भने, “उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायको दशक लामो विद्रोह र त्यसपछिका आन्दोलनहरूको जगमा बनेको यो संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको हो र आउने दिनमा पनि त्यसरी नै बचाइनेछ ।”
एमाले–कांग्रेसबीचको सहमति डर र षडयन्त्रको तमासा हो: प्रधानमन्त्री प्रचण्ड
प्रचण्डले संसदका दुई ठूला दल एकआपसमा मिलेको सुशासनको डर र आपसी षडयन्त्रले भएको चेतावनी दिएका छन् । संसदमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री संसदका दुई ठूला दल एक आपसमा मिल्दा लोकतन्त्र कजोरर र अधिनायकवादलाई नै प्रश्रय मिल्ने गरेको छ । तर मध्यरातमा पटक पटक अल्पमतमा परेपछि संसद विघटन गर्नेहरुले डर र त्रासले आतंकित बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्