काठमाडौं २८ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले मिल्दा आफूलाई प्रतिगमन र निरंकुशताको चिन्ता रहेको बताएका छन् ।
पहिलो र दोस्रो ठूला दल मिल्दा जहिले पनि लोकतन्त्र कमजोर बनेको र अधिनायकवादलाई प्रश्रय दिएको उनले बताए ।
संसदमा विश्वासको मत लिने प्रस्ताव राख्दै उनले भने, ‘यहाँ त कांग्रेस र एमाले मिलेर सरकार मात्र बनाउँदै हुनुहुन्न, रहस्यमय तरिकाले संविधानमाथि छेडछाड गर्ने प्रयास गर्नुभएको छ ।’
‘‘तपाईंहरुको यात्रा प्रतिगमनतिर हो भन्ने तपाईंहरुको सहमतिको तरिका, सहमति गरेका ठाउँहरु, सहमतिको तयारी कसका घरमा गर्नुभयो रु हस्ताक्षर कसका घरमा गर्नुभयो रु त्यो समय कुन रोज्नुभयो भन्ने आम जनताले नजिकबाट हेरिरहेका छन् । त्यसको हिसाब राखिरहेका छन् ।’
आफूले सबै भन्ने हो भने लाजमर्दो अवस्था आउने उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमाले नेताहरुलाई प्रश्न गरे, ‘नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो र बन्द कोठा चाहिन्छ रु’
नेपाली कांग्रेससँग असार १७ गते मध्यराति समझदारी भइसकेपछि पनि भोलिपल्ट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ढाँटेको गुनासो गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा पाँचौँपटक विश्वासको मत माग्ने क्रममा उनले ओलीले ढाँटछल गरिरहेको बताए।
‘असार १७ गते राति सहमति भइसकेपछि १८ गते बिहान आएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भएकै छैन भन्नुहुन्छ। म फोटो देखाउँछु, तपाईं र शेरबहादुरजीले हस्ताक्षर गरेको फोटो आयो भन्दा पनि उहाँले कहिलेको फोटो रहेछ भन्नुहुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘ढाँटछलको पनि एउटा सीमा हुन्छ निरु शेरबहादुरजीलाई फोन गरेर तीनवटा पार्टी बस्ने हो अनि मात्रै थाहा हुन्छ भन्नुहुन्छ।’
उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेपछि मात्रै आफू प्रष्ट भएको पनि बताए।
‘अनि मैले नेपाली कांग्रेसका सभापतिलाई फोन गर्दा, सहमति भएको हो कि के होरु भनेर प्रश्न गर्दा म ढाँट्न जान्दिन, सहमति भइसक्यो भन्नुभयो। सरि। यो तीनवटा बस्न आवश्यक छैन, अब तीनवटा बसेर के गर्ने भइसक्यो, भइसक्यो भन्नुभयो, आफ्नो शैली। यस्तो शैली अपनाउनुपर्छ दुई ठूला दललेरु,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्