ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली मन्त्रिपरिषद् : दलित शून्य, महिला दुई


एबीसी न्यूज
३१ असार २०८१, सोमबार   ४ : ०४   बजे

काठमाडौं ३१ असार । संसदका सबैभन्दा ठूला नेपाली कांग्रेस र नेकपा एमालेसहित चार दल मिलेर सरकार गठन गर्दा समावेशितालाई भने बेवास्ता गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित २२ सदस्यीय मन्त्रिमण्डलमा २० जना पुरुष हुँदा महिला २ जना मात्र छन्।

महिलामा कांग्रेसबाट आरजु राणा देउवाले परराष्ट्र र एमालेबाट विद्या भट्टराईले शिक्षा मन्त्रालयको नेतृत्व पाएकी छन्।

आरजु कांग्रेस सभापति शेरबहादुर देउवाकी धर्मपत्नी हुन्। उनी समानुपातिक प्रणालीबाट सांसद भएकी हुन्। २०७४ मा प्रत्यक्ष चुनाव लड्दा भने उनी कैलालीमा पराजित भएकी थिइन्।

 

विद्या भट्टराईचाहिँ कास्कीबाट प्रत्यक्ष निर्वाचित भएकी हुन्। उनले दोस्रोपटक प्रत्यक्ष निर्वाचित भएपछि मन्त्री बन्ने अवसर पाएकी हुन्।
राज्यका प्रत्येक निकायमा कम्तीमा एक तिहाइ महिला सहभागिता सुनिश्चित गर्ने नीति भए पनि देशको सर्वोच्च कार्यकारी निकायमा महिला ९ प्रतिशतमा सीमित भएका छन्।

संविधानको धारा ३८ को उपधारा ४ मा महिलालाई राज्यका सबै निकायमा समानुपातिक सहभागिताको हक हुने उल्लेख छ ।

ओली मन्त्रिपषिद्मा दलितको प्रतिनिधित्व शून्य देखिएको छ। प्रधानमन्त्रीसहित दुई उपप्रधानमन्त्री र १९ मन्त्रीले सपथ लिँदा एकजना पनि दलित पर्न सकेनन्। यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा पनि दलितको उपस्थिति थिएन।

नेपाली कांग्रेसबाट उपप्रधानसहित १०, नेकपा एमालेबाट प्रधानमन्त्रीसहित ९, जसपाबाट दुई र लोसपाबाट एकजना मन्त्री बन्दा कुनै पनि दलले दलितको प्रतिनिधित्व गराउनु आवश्यक ठानेन्।

कांग्रेसबाट सहमहामन्त्री जीवन परियार र एमालेबाट सचिव छविलाल विश्वकर्माको नाम मन्त्री बन्न सक्ने सूचीमा थियो। तर, अन्तिम समयमा दुवै दलको नेतृत्वको छनोटमा उनीहरू परेनन्।

देशमा दलित समुदायको जनसंख्या झण्डै १४ प्रतिशत छ। संघीय संसद्‍मा एमाले, माओवादी केन्द्र र रास्वपाका ११ जना दलित सांसद छन्।
धारा ४० मा दलितको हक अन्तरगत राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुने भनिएको छ।

दलितप्रति गरिएको उपेक्षालाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। संविधानविद् भीमार्जनु आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दलितका नाममा सबैले धेरै राजनीति गरे। कम्युनिस्टहरूले त अझ बढी गरे। न हिजो प्रचण्ड नेतृत्वको सरकार, न आज ओली नेतृत्वको सरकार, दलितलाई कुनै स्थान दिइएन। होइन, भनाइ र गराइमा यति ठूलो खाडल हाम्रा नेताहरूमा कसरी रहन्छरु मन्त्रिपरिषद्मा दलितको प्रतिनिधित्व तत्काल गराउन म आग्रह गर्दछु।’

यस्तै मुस्लिम समुदायको पनि सरकारमा सहभागिता शून्य छ।

सरकारमा ५ जना मधेसी समुदायका छन्।

कांग्रेसबाट युवा तथा खेलकुद मन्त्रीको अवसर पाएका तेजुलाल चौधरी थारू समुदायको प्रतिनिधित्व गर्छन्। कर्णालीबाट कांग्रेका ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बन्न पुगेका छन्।

सुदूरपश्चिमबाट रमेश लेखक, दामोदर भण्डारी, बद्री पाण्डे र आरजु राणा परेका छन्। यस हिसाबले सुदूरपश्चिमबाट सम्भवतः इतिहासमै बढी मन्त्री भएको क्याबिनेट बन्न पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group