ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलकुद मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउँछु : खेलकुदमन्त्री चौधरी


एबीसी न्यूज
३१ असार २०८१, सोमबार   ४ : ३१   बजे

काठमाडौं ३१ असार । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुद मन्त्रालयलाई २१ मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

सोमबार सिंहदरबारमा मन्त्रालयको पदभार सम्हाल्ने क्रममा उहाँले यस्तो प्रतिक्रिया जनाउनुभएको हो । उहाँले खेलाडीहरूलाई सबैभन्दा बढी ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री चौधरीले सबैले खेलाडीहरूलाई प्रोत्साहन गर्न जरुरी रहेको जानकारी दिनुभयो । उहाँले युवा तथा खेलकुदको प्रोत्साहनका लागि आफूहरू आएको बताउनुभयो ।

 

उहाँले खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरूमा जथाभाबी लगानी गर्नेकुरा अब नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीले खेलाडीहरूलाई सबैभन्दा बढी ध्यान दिनुपर्छ । हामी सबैले खेलाडीहरूलाई प्रोत्साहन गर्नुपर्छ । यहाँका युवाहरूलाई प्रोत्साहन गर्नका लागि हामी आएका हौँ । खेलकुदलाई सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउनेछौँ । हाम्रो अवधि केही अप्ठ्यारो परेन भने डेढ वर्षको हुनेछ । खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरूमा हामीले जथाभाबी लगानी गरेको महसुस गरेका छौँ ।’’

मन्त्री चौधरीले आफूलाई सबैतिरबाट सुझाव, साथ र सहयोग हुने विश्वास लिएको पनि बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुदूरपश्चिम सरकार विस्तार, तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

बागमतीका मुख्यमन्त्री किरण थापाले भदौ ८ गते विश्वासको मत लिने

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu