ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रातिदेखिको वर्षाले रुपन्देही, पाल्पा, चितवन, सिन्धुपाल्चोक र काठमाण्डौमा बाढी


एबीसी न्यूज
४ श्रावण २०८१, शुक्रबार   ७ : २५   बजे

काठमाडौं, ४ साउन । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि पानी परिरहेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पाल्पाको बल्याढ्याङगढी र सिन्धुपाल्चोकको गोब्रेमा एक सय मिलिमिटरभन्दा धेरै पानी परेको छ । चितवन, लमजुङ, मकवानपुर लगायतका ठाउँमा पनि ठूलो वर्षा भएको छ । लगातार र ठूलो पानी परेका ठाउँमा बाढी आएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र मेलम्ची घ्याङ, तार्के घ्याङ, बोल्दे, ढुङ्गे, भोटाङ, मानेखर्क, धाप, बाँसखर्क, दुवाचौर, गोब्रे, नवलपुर, बाउनेपाटी क्षेत्र भइ बहने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम भएकाले तटीय क्षेत्रमा बस्नेहरुलाई आज दिउँसोसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै काठमाण्डौमा विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा बस्नेहरुलाई सतर्कता अपनाउन भनिएको छ । रुपन्देहीको तिनाउ नदीको बुटवल जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेकाले तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा ठाउँहरुमा पनि सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

चितवनको देवघाट, शिलिङ्गे, गोविन्दबस्ती र आसपास वर्षामापन केन्द्रमा तथा पाल्पाको बलड्याङगढीमा मध्यमदेखि ठूलो वर्षा भएकाले ती क्षेत्र भई बहने ससाना नदीहरुमा आकस्मिक बहावको जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ ।

आज बाग्मती र सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu