काठमाडौं ४ असार । क्राउडस्ट्राइका कारण विश्वभरमध्ये भारत, अमेरिका, न्युजील्याण्ड, अष्ट्रेलिया, इजरायल र बेलायत तथा सिंगापुर गम्भीर रुपमा प्रभावित भएका छन् ।
अष्ट्रेलियाको सबैभन्दा ठूलो बैंक, कमनवेल्थ बैंकले आफ्नो अपरेशन्समा अवरोध भएको छ । साइबर अवरोधहरू ट्र्याक गर्ने डाउन्डिटेक्टर वेबसाइटका अनुसार अष्ट्रेलियाका ऋणदाता एएनजेड र वेस्टप्याक पनि प्रभावित भएका छन्। डाउन्डिटेक्टरले न्यूजिल्याण्डको एएसबी बैंकमा पनि समस्याहरूको भएको रिपोर्ट छ।
दक्षिण अफ्रिकाको क्यापिटेकले एक अन्तर्राष्ट्रिय सेवा प्रदायकसँगको अप्रत्याशित समस्याका कारण राष्ट्रव्यापी सेवा अवरोधहरूको सामना गरिरहेको बताएको छ। क्यापिटेकका अनुसार कार्ड भुक्तानी र क्यापिटेक एटीएमहरू चालु रहेको र ग्राहकहरूको खाताहरू सुरक्षित छन्, भन्दै ‘जति सक्दो छिटो समस्या समाधान गर्दैछ।’
इजरायलमा, केन्द्रीय बैंकको प्रवक्ताले क्राउडस्ट्राइकमा भएको विश्वव्यापी प्राविधिक समस्याले देशको बैंकिङ प्रणालीमा ूआंशिक प्राविधिक प्रभावू पारेको बताएको छ। इजरायलको बैंक यो समस्याको समाधान गरिरहेको प्रवक्ताले बताए ।
यसै, संयुक्त अधिराज्यमा बैंक अफ इंग्ल्यान्डले यसको प्रणालीहरू प्रभावित नभएको बताएको छ।
प्रतिक्रिया दिनुहोस्