ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती प्रदेश सरकारद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त


एबीसी न्यूज
१० श्रावण २०८१, बिहिबार   १ : ४४   बजे

काठमाडौं १० साउन । बागमती प्रदेश सरकारले सौर्य विमान दुर्घटनामा १८ जनाको निधन भएको प्रति दुःख व्यक्त गरेको छ ।

मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको नेतृत्वमा नवगठित प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले विमान दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवाजनमा समवेदना प्रकट गर्ने निर्णय गरेको प्रदेश सरकारका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले जानकारी दिनुभयो ।

काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान बुधबार बिहान ११ बजे उडेको केहीबेरमै त्रिभुवन विमानस्थल परिसरमा दुर्घटना हुँदा १८ जनाको निधन भएको थियो । सो दुर्घटनामा परी गम्भीर घाइते विमानका चालक मनीष शाक्यको सिनामङ्गलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी बैठकले केही दिनअघि चितवनको सिमलतालमा पहिरामा परेर त्रिशूली नदीमा पुरिएर दुई बसका यात्रुहरुको मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारजनप्रति समवेदना प्रकट गरेको मन्त्री महर्जनले बताउनुभयो ।

त्यस्तै प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेशका १३ वटै जिल्लाका जिल्ला विपद् समन्वय समितिलाई रु। पाँच करोड २० लाख दिने निर्णय गरेको मन्त्री महर्जनले जानकारी दिनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group