काठमाडौं १० साउन । मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएको छ। बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्न लागेको हो।
त्रिभुवनविमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेपछि बुधबार पनि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो।
बैठकले दुर्घटनाको छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस्