ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच वर्षमा पूरा हुनुपर्ने बेल्हा खानेपानी आयोजना ९ वर्षसम्म बनेन


एबीसी न्यूज
११ श्रावण २०८१, शुक्रबार   १२ : ३९   बजे

काठमाडौं ११ साउन । सिरहाको कल्याणपुर नगरपालिका–१२ तिलासीमा पाँच वर्षभित्र १२ सय घरधुरीलाई स्वच्छ खानेपानी खुवाउने लक्ष्यसहित सुरु गरिएको बेल्हा खानेपानी तथा सरसफाइ आयोजनाको काम अलपत्र परेको छ ।

पञ्चवर्षीय योजनासहित २०७२ देखि सुरु भएको उक्त खानेपानी आयोजना ९ वर्ष बित्दासमेत पूरा नभएको हो । खानेपानी तथा सरफाइ डिभिजन कार्यालय लहानले ६ करोड ५० लाख रुपैयाँमा आयोजना बनाउन सुरु गरेको थियो ।

डिभिजन कार्यालयले हालसम्म २ करोड रुपैयाँमा दुईवटा बोर्डिङ गाडेर ट्यांकी बनाएर बाँकी काम अलपत्र छाडेको छ । समयमै पूर्णता दिन बेल्हा खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुशेश्वर ठाकुरले डिभिजन कार्यालयमा थुप्रै पटक धाए । यसअवधिमा कैयजना डिभिजन प्रमुख पनि आए, गए । तर, योजना अझै अपूरो अलपत्र हुँदा उनी वाक्क छन् ।

‘५ वर्ष भित्र योजना सम्पन्न गरिदिन्छु भनेको थियो । ९ वर्षभयो । डिभिजन कार्यालयमा धाउँदा धाउँदा र हाकिमलाई भन्दाभन्दा थाकिसके’, उभोक्ता समितिका अध्यक्ष ठाकुर आक्रोस पोख्छन्, ‘चाँडै काम हुन्छ भन्ने कति हाकिम आए, गए । तर योजना अधुरै छ ।’

साविकको लहान खानेपानी तथा सरसफाइ डिभिजन पछिल्लो समय समायोजना भएर सप्तरीको राजविराजन डिभिजन कार्यालयमा विलिन भइसकेको छ । कार्यालय उचित बजेट छुट्याउँदैनन् ।

बर्सेनि खुद्रे १०–२० लाख बजेट राखेर डिभिजन कार्यालय असार मसान्तको अन्ततिर आएर सानो काम गरेर पन्छिने गरेको अध्यक्ष ठाकुरको गुनासो छ । अब आयोजनको काम पूरा गर्न १३ करोड ५० लाखमा मात्रै पूर्णता पाउने कार्यालयले भन्ने गरेको छ ।

गत आर्थिक वर्ष २०७९र८० असार मसान्तमा डिभिजन कार्यालय राजबिराजले १९ लाखको बोर्डिङको पाइप किनेर कार्यालय अगाडि थुपारेर छाडेको छ । त्यो पाइप जडान गर्न त्यसपछि कहिल्यै डिभिजन कार्यालयका कर्मचारी नै पुगेनन् । आर्थिक वर्ष २०८०र८१ म छुट्याएको १७ लाख रुपैयाँ डिभिजनले कामै नगरी फ्रिज भएर गयो ।

‘उचित बजेट नआएर काम नभएको हो । डिभिजन कार्यालय छुट्याएको खुद्रे बजेटले पनि लापरबाही काम गर्छ’, अध्यक्ष ठाकुर भन्छन्, ‘यसरी त मेरो जीवनमा पनि यो आयोजना पूर्णता पाउँदैन । दोष स्थानीयले मलाई दिन्छन् ।’

५ वर्षभित्र शुद्ध खानेपानी घरघरमा पाउने आशा लगाएका स्थानीयहरु पनि निराश छन् । ‘अहिलेसम्म काम अधुरै छ । हामीले यसबाट पानी खाने कुनै ठेगान छैन । त्यतिबेला भन्यो– ५ वर्षमै घरघरमा धारामा पानी आउँछ । ९ वर्षमा पनि केही भएन’, स्थानीय धियानी सदाले गुनासो पोखे ।

सरकार र स्थानीय जनप्रतिनिधि बेवास्ताले खानेपानी आयोजना अलपत्र परेको स्थानीय रामविलास ठाकुर बताउँछन् । ‘यहाँबाट भोट लिएर जाने जनप्रतिनिधिले पनि यो षियमा चासो राखेनन् । उनीहरुले चाहेको भए समयम नबने कुरै हुन्थेन’, रामविलास भन्छन्, ‘जेठ असार महिनामा कल सुक्दा धेरैलाई खानेपानी समस्या हुन्छ । सरकारले पनि मतलब गरेको छैन ।’

खानेपानी तथा सरफाइ डिभिजन कार्यालय राजविराजका प्रमुख विश्वनाथ यादवले संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको आयोजना भएकाले उचित बजेट नदिँदा पूर्णता पाउन नसकेको कताए । बितेको आर्थिक वर्षको असार ३ गते मात्र आफू डिभिजन प्रमुख भएर आएको कारण काम गराउन नसकेर छुट्याइएको १७ लाख पनि फ्रिज भएको उनको स्वीकारोक्ति छ ।

‘संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको आयोजना हो यो । उचित बजेट विनियोजन नहुँदा समयमा पूर्णता नपाएको हो । म ढिलो जिम्मेबारीमा आएको कारण भएको बजेट पनि कार्यान्वयन गराउन सकिनँ’, उनले भने, ‘उचित बजेट विनियोजन नगर्दासम्म पूर्णता पाउन गाह्रो छ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group