ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोसी प्रदेशमा ६ वर्षमा ५५० किलोमिटर सडक कालोपत्रे


एबीसी न्यूज
११ श्रावण २०८१, शुक्रबार   ३ : ५३   बजे

काठमाडौं ११ साउन । मुलुक संघीय संरचनामा गएपछि गठन भएको कोसी प्रदेशमा साढे पाँच सय किलोमिटर सडक कालोपत्रे भएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजित वार्षिक प्रगति समीक्षा कार्यक्रममा प्रदेशभर पाँच सय ५० किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिइएको हो।

कोसी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५र७६ यता हालसम्म प्रदेशका १४ जिल्लाका सदरमुकामसम्म पहुँच पुग्नेगरी सडक निर्माण गरिसकेको जनाएको छ।

 

मन्त्रालयले आर्थिक वर्ष २०८०र८१ मा एक सय २६ किलोमिटर सडक कालोपत्रे गरेको छ। त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा २०६ किलोमिटर सडक ‘पिच’ गरेको मन्त्रालयले आ।व। २०७८र७९ मा ९८, २०७७र७८ मा ४०, २०७६र७७ मा ५२ र २०७५र७६ मा २६ किलोमिटर सडक कालोपत्रे गरिएको मन्त्रालयका सचिव अशोककुमार साहले बताए।

६ वर्षको अवधिमा मन्त्रालयले एक हजार ४१३ किलोमिटर ग्राभेल सडक निर्माण गरेको छ भने ३८४ किलोमिटर ट्र्याक खोलेको छ। बहुवर्षीय सडकअन्तर्गत २८ वडा सडकको काम सकिएकोमा यो आर्थिक वर्षमा १२ वटा सडक निर्माण भएको छ।

प्रदेशभर पछिल्लो ६ वर्षको समयमा ८८ वटा मोटरेवल पुल र दुई सय वटा झोलुंगे पुल निर्माण सम्पन्न भएको छ। वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोसी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेतीले सडक–सञ्जालसहित बहुवर्षीय आयोजनाहरू बजेटअनुरूप थपेर समयमै सम्पन्न गर्नेगरी काम गर्नुपर्ने बताए।

आर्थिक वर्ष २०८०र८१ मा मन्त्रालयले १२२ वटा सामुदायिक र २७ वटा सरकारी भवन निर्माणको काम सम्पन्न गरेको छ भने १६ वटा एकीकृत बस्ती विकास र जनता आवास कार्यक्रमअन्तर्गत एक हजार २४ वटा घर बनाएको छ। ६ वटा पार्क, एउटा बसपार्क, दुईवटा भ्युटावर निर्माणको काम सम्पन्न भएको मन्त्रालयको तथ्यांक छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group