ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुलमानको अडान– डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम असुली गर्छौँ


एबीसी न्यूज
११ श्रावण २०८१, शुक्रबार   ३ : ५८   बजे

काठमाडौं ११ साउन । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा रहेको डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता रकम असुली गर्ने अडान राखेको छ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङको बेला आम उपभोक्तालाई पनि ६ वटा उद्योगमा सस्तोमा दिइएको उल्लेख गर्दै त्यसलाई असुली गर्ने अडान राखेका हुन्।

शुक्रबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले विना बिल सो लाइनको वक्यौता रकम असुली गर्न खोजिएको भन्ने भनाइ पनि सत्य नभएको दाबी गरे।

 

‘हाम्रो बिल नै थिएन। नभएको बिल जेनेरेट गर्‍यो भन्ने कदापि होइन। हाम्रो जुन इनर्जी छ। त्यो सधैं रेकडेट इनर्जी हो। त्यो रेकडेट इनर्जीमा मात्रै हामीले थप प्रिमियम लगाएर मात्रै बिलिङ गरिएको अवस्था हो। त्यो भएको हुनाले यसलाई हामी उठाउनु पर्छ भन्ने लाइनमा हो,’ उनले भने।

रेकडेट विद्युत्मा प्रिमियम जोडेर ती उद्योगहरुमा बिल पठाएकाले त्यसमा बिल थिएन भन्ने कुरा सत्य नभएको प्रबन्ध निर्देशक घिसिङको भनाई थियो। उनले लोडसेडिङको बेला आम उपभोक्तालाई प्रतियुनिट विद्युत् १३ रुपैयाँ हुँदा पनि उद्योगका लागि साढे ८ प्रतिशत मात्रै मूल्य तोकिएको स्मरण गराए।

‘डेडिकेटेड र ट्रंक लाइनको लोडसेडिङको बेलामा हामीले इन्डियाबाट पनि इम्पोट गरेका थियौँ। केही समय हामीले लोडसेडिङ घटाउने गरेर हेटौँडा डिजेल प्लान्ट पनि चलाएका थियौँ। त्यो इम्पोर्ट गर्ने कस्ट बढेको पनि होला।

तर डेडिकेटेडको पैसा तिर्दा पनि उहाँहरुले पर युनिट साढे ११ रुपैयाँ भन्दा परेको छैन,’ घिसिङले अघि भने, ‘जबकी नर्मल टेरिफ १३ रुपैयाँ थियो त्यो बेला पब्लिकले तिरेको। तर पब्लिकलाई त लोडसेडिङ थियो नि त। उहाँलाई नर्मल टेरिफ चाहीँ साढे ८ को हाराहारीमा थियो। अब ६०र६५ प्रतिशत प्रिमियम चार्ज हो। प्रिमियम चार्ज मात्रै लगाएको हो।’

प्रबन्ध निर्देशक घिसिङले दक्षिण एसियामा भुटानबाहेक नेपालको विद्युत् सबैभन्दा सस्तो भएको जानकारी पनि दिए।

‘उहाँहरूलाई यो बिलको लागि त्यो आवश्यक नै होइन र लो प्राफाइलसहितको डाटा हामीले फेरिफाई गर्नका लागि यो डेडिकेटेड लाइन भनेको लोडसेडिङको समय घटाउनका लागि उहाँहरूले डेडिकेटेड युज गर्नुभएको हो,’ उनले भने, ‘त्यो लोडसेडिङको बेला सबैले चलाएको छ। कसैले २४ घण्टा चलाएको होला, कसैले १८ घण्टा, कसैले २० घण्टा चलाउको होला। तर १५, १६ घण्टा लोसेसेडिङ भएको बेला त्यो चलाएकै छ। तर हामीसँग जति मिटरको डाटा हुन्छ।’

उनले आफूले प्राधिकरणको नेतृत्व लिएपछि हालसम्म करिव २५ प्रतिशत विद्युत् महसुल घटाएको र करिब २५ लाख सर्वसाधरणलाई निःशुल्क विद्युत् उपभोग गर्ने अवस्था बनाएको दाबी समेत गरे।

‘हामीले नर्मल बिलको शुल्क सुरुमै पठाएका थियौँ। अहिले पनि हामीले गरेका छौँ। त्यसकारण त्यो भनाइमा सत्यता छैन। अब विद्युत् प्राधिकरण कसरी मिटरब्याजी हुन्छरु ६ वर्षसम्म नतिर्दा पनि २५ प्रतिशत मात्रै पेनाल्टी, अनि ६० दिन नतिर्दा पनि २५ प्रतिशत मात्रै पेनाल्टीरु यो कसरी मिटरब्याजी हुन्छरु २५ प्रतिशत मात्रै हो पेनाल्टी जति महिना ढिला भएपनि।

तर तिरेन भने हामी लाइन काट्छौैँ,’ उनले भने, ‘त्यसो भएकाले त्यसलाई मिटरब्याजी भनिँदैन। नेपालको विद्युत्को प्राईस यो रिजनको भुटानबाहेक यो रिजनको सबैभन्दा सस्तो विद्युत् हो। सबभन्दा सस्तो विद्युत् हो। आजको दिनमा अहिले हामीले उद्योगीहरूलाई ४ रुपैयाँ ७५ पैसा रातभरी दिइराखेका छौँ।’

उनले नेपालको विद्युत्् सस्तो भएको र आफू आएपछि ३ पटक मूल्य घटाएको पनि बताए।

‘त्यो भएको हुनाले नेपालको विद्युत् सस्तो छ। त्यसमा म आएपछि ३ चोटी विद्युत्को प्राइज घटाइएको छ। २०७२ सालमा जुन प्राईस थियो, २०७४, ७५ तिर १५ प्रतिशत घट्यो। २०७६ तिर ५ प्रतिशत, अनि अस्ती ५ प्रतिशत गरेर २५ प्रतिशत प्राइज घटेको छ,’ घिसिङले भने, ‘यति घटाएर पनि करिब २५ लाख गाउँगाउँका ग्राहकले फ्रिमा बत्ति बालि राखेका छन्।

र सिंचाईको ग्राहकलाई हामीले २ रुपैयाँ युनिटमा दिइराखेका छौँ। यसका कहीँबाट पनि गभरमेन्टले सबसिटी दिइराखेको छैन।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group