ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले जापानमा सैन्य कमाण्ड संरचनाको स्तरोन्नति गर्ने


एबीसी न्यूज
१३ श्रावण २०८१, आइतबार   ३ : २०   बजे

काठमाडौं १३ साउन ।  वासिङ्टन र टोकियोले सैन्य सहयोगलाई थप मजबुत बनाउँदै अमेरिकी कमाण्ड संरचनामा स्तरोन्नति गर्ने भएका छन् । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले आइतबार यो योजनाको घोषणा गर्नुहुनेछ । अमेरिकाबाट करिब छ हजार ५०० किलोमिटर टाढा रहेको जापानमा हवाईस्थित इन्डो(प्यासिफिक कमान्डअन्तर्गत करिब ५४ हजार अमेरिकी सैनिकहरू छन् ।

आइतबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग टोकियोमा आफ्ना समकक्षीसँग ‘टु प्लस टु’ वार्तामा सामेल भई रक्षामन्त्री अस्टिनले थ्री स्टार कमान्डरको नेतृत्वमा नयाँ ज्वाइन्ट फोर्स हेडक्वार्टरको घोषणा गर्ने एक अमेरिकी सैन्य अधिकारीले बताएका छन् । यसले जापानको सबै सशस्त्र बलहरूको लागि योजनाबद्ध संयुक्त अपरेसन कमान्डको समकक्षको रूपमा काम गर्नेछ र ताइवान वा कोरियाली प्रायद्वीपमा सङ्कटको अवस्थामा दुई सेनालाई थप फुर्तिला बनाउनेछ ।

चीनप्रतिको असहजता र उत्तर कोरियाप्रतिको चिन्ताका कारण जापानले हालैका वर्षहरूमा आफ्नो कडा शान्तिवादी अडान त्याग्दै, रक्षा खर्च बढाउने र ‘काउन्टर स्ट्राइक’ क्षमता हासिल गर्न अग्रसर हुँदै आएको छ । गत अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रधानमन्त्री फुमियो किशिदाले ह्वाइट हाउसमा भएको शिखर सम्मेलनमा सहकार्यमा ‘नयाँ युग’को घोषणा गरेका थिए ।

यसै महिना ब्लिन्केन र अस्टिनले जापान र फिलिपिन्ससँगको अर्को ‘टु प्लस टु’ वार्ता गरी एक अर्काको क्षेत्रमा सेना तैनाथ गर्न अनुमति दिने एक रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए । गत अप्रिलमा वासिङ्टनमा जापान, फिलिपिन्स र संयुक्त राज्य अमेरिकाका नेताहरूबिच पहिलो त्रिपक्षीय शिखर सम्मेलन भएको थियो । गत अगस्टमा क्याम्प डेभिडमा राष्ट्रपति जो बाइडेनसँग भेटी जापान र दक्षिण कोरियाले पनि दोस्रो विश्वयुद्धका समय भएको वैमनस्यलाई त्याग्ने सहमति गरेका थिए ।

जापान–अमेरिका ‘टु प्लस टु’ बैठकअघि अस्टिन र जापानका रक्षामन्त्री मिनोरु किहाराले १५ वर्षपछि जापान भ्रमण गर्ने पहिलो दक्षिण कोरियाली रक्षामन्त्री शिन वोन सिकसँग त्रिपक्षीय वार्ता गरेका थिए । उनीहरूले सूचना आदानप्रदान र त्रिपक्षीय अभ्यासलगायत सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

“जापान, संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाबिच त्रिपक्षीय सहयोग अन्तर्राष्ट्रिय परिस्थितिमा भएका विभिन्न परिवर्तनका बाबजुद पनि बलियो र अटुट भएको छ,” किहाराले बैठकपछि सञ्चारकर्मीसँग भन्नुभयो । जापान र अमेरिकाबिच भएको वार्तामा जापानको सुरक्षाका लागि आणविक हतियारलगायत आफ्नो सैन्य क्षमता प्रयोग गर्ने वासिङ्टनको ‘विस्तारित प्रतिरोध’ प्रतिबद्धतालाई बढाउने विषयमा पनि छलफल भएको थियो ।

चीनको सैन्य आधुनिकीकरण, उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र कार्य र युक्रेन युद्धमा आणविक आक्रमणले जापानलाई अस्थिर बनाएको अमेरिकी ९आरएएनडी० थिङ्क ट्याङ्कका राजनीतिशास्त्री नाओको आओकीले बताउनुभयो । “संयुक्त राज्य अमेरिकाले जापानलाई आफ्नो प्रतिबद्धताको आश्वासन दिनु र सम्भावित प्रतिद्वन्द्वीहरूलाई यो गठबन्धन बलियो रहेको र जापानको रक्षाका लागि आवश्यक परेमा आणविक हतियार प्रयोग गर्न संयुक्त राज्य अमेरिका प्रतिबद्ध रहेको सङ्केत दिनु महत्त्वपूर्ण छ,” उहाँले एएफपीसँग भन्नुभयो । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group