ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मैले खोलेको सिरोहियाको फाइल केही पनि होइन भन्न मिल्छ ? -रबि लामिछाने


एबीसी न्यूज
१४ श्रावण २०८१, सोमबार   ४ : ०९   बजे

मैले खोलेको सिरोहियाको फाइल केही पनि होइन भन्न मिल्छ ? -रबि लामिछाने

काठमाडौं १४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस-एमालेलाई रास्वपाको चिन्ता नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दुई ठूला दल मिलेर बनेको सरकारले रास्वपालाई तार्गेट बनाएर एकपछि अर्को आरोप लगाएको जिकिर गरे ।

उनले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको हिजो कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश पक्राउ प्रकरणमा दिइएको अभिव्यक्तिमा आपत्ति जनाए ।

उनले भने, ‘उहाँको नागरिकता प्रकरणमा अनुसन्धान जारी छ, लामो अनुसन्धानको विषय छ । तर, उहाँले खुदा पहाड निक्ला चुहा, तपाईंले खोल्नुभएको केही पनि होइन भनेर संसदलाई गुमराहमा राख्न मिल्छ ?’

उनले आफूले कुनै पूर्वाग्रह राखेर नागरिकता प्रकरणको छानबिन अघि नबढाएको जिकिर गरे ।

उनले थपे, ‘कान्तिपुर टेलिभिजनमा समाचार पढ्ने मान्छेको कमी भए म समाचार पढ्छु । मलाई माया छ । कान्तिपुरसहित यो देशका पत्रपत्रिकाले दिएको योगदानको प्रशंसा गर्छु । तर, संस्थाको योगदान र व्यक्तिको कुरालाई एकैठाउँमा राखेर हेर्न मिल्दैन ।

बाँसबारी, टीकापुरसहित विभिन्न विषयको अनुसन्धान भइरहेकाले फाइल उनीहरूलाई नै जिम्मा लगाउने बताए । उनले अनुसन्धानमा रहेको विषयलाई पूर्वाग्रह साँधेको केही पनि होइन भनेर सदनमा भ्रम छरेको दाबी पनि गरे ।

रविले भने, ‘उहाँहरू मिल्दैमा अब सहकारी बन्धुको भाषा हामी बन्द भएको हेर्न चाहँदैनौं । स्काउट ड्रेसमा बाँसबारी जुत्ता लगाएर बालमन्दिर हुँदै टीकापुर हिँडेको नक्कली भुटानी बन्धु भन्ने आँट गरुन् ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu