काठमाडौं । न्याय सेवा आयोगको बैठकले दुई सहसचिवको सचिवमा बढुवा सिफारिस गरेको छ ।
न्याय सेवातर्फका कानुन समुहका सहसचिव आलोकचन्द्र श्रेष्ठ र पाराश्वर ढुङगाना सचिव बढुवामा सिफारिस भएका हुन ।
श्रेष्ठ रक्षा मन्त्रालय तथा ढुंगाना कानून आयोगमा कार्यरत छन । त्यस्तै, बैठकले दुई सचिवको सरुवा गरेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटाको कानून मन्त्रालयमा सरुवा भएको छ भ्ने कानून मन्त्रालयमा कार्यरत फणिन्द्र गौतमको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ।
प्रतिक्रिया दिनुहोस्