ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महोत्तरीमा बाढीले सडक बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध


एबीसी न्यूज
१६ श्रावण २०८१, बुधबार   १२ : ०९   बजे

काठमाडौं १६ साउन । बाढीले सडक बगाउँदा महोत्तरीमा पूर्वपश्चि राजमार्ग अवरुद्ध भएको छ। गएरातिदेखि बर्दिबास नगरपालिकाको ५ नम्बर वडाको जंगल क्षेत्रमा सडक अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको छ।

इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी रेवतीरमण पोखरेलका अनुसार बर्दिवासस्थित ढुंग्रखोलाको बेलगाछी पुलको मुखको सडक बाढीले बगाएको हो।

‘ढुंग्रेखोला पुलको पश्चिमतिर करिब १२ फिट सडक बाढीले बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध छ,’ डीएसपी पोखरेलले नेपालखबरसँग भने, ‘साना गाडी वैकल्पिक सडक भएर चलेका छन्।’

 

पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदा पूर्वबाट आएका गाडी बर्दिबासमै रोकिएका छन् भने पश्चिमबाट आएका गाडी सर्लाहीको लालबन्दी, फूलजोर, महोत्तरीको लक्ष्मिनियाँ लगायतका ठाउँमा रोकिएका छन्।

‘कतिपय गाडी गौशाला हुँदै वैकल्पिक सडकबाट पनि चलेका छन्,’ पोखरेलले भने, ‘केही गाडी हुलाकी राजमार्ग हुँदै चलेका छन्। साना गाडी कच्ची सडकबाट पार भए पनि ठूला गाडी रोकिएका छन्।’

पूर्वबाट आएका धेरै गाडी गौशाला हुँदै लक्ष्मिनियाँ, फुलजोरतिर निस्केर पनि गन्तव्यतिर लागेका उनले बताए छन्। तर, मालबाहक ट्रकसहित ठूला बस भने सडकमै रोकिएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group