ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२० जनामा हैजा पुष्टि, सरसफाइमा ध्यान दिन आग्रह


एबीसी न्यूज
१६ श्रावण २०८१, बुधबार   १२ : ३६   बजे

काठमाडौं १६ साउन । प्रत्यक वर्ष जस्तै यस वर्ष पनि देशभरका विभिन्न जिल्लामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्त डा।प्रकाश बुढाथोकीले साउनयता काठमाडौं, ललितपुर र कैलालीमा २० जनामा हैजा पुष्टि भएको जानकारी दिनुभयो ।

वर्षाको समयमा बाढीपहिरोका घटनाहरुले पानी तथा सरसफाईका पूर्वाधारलाई पार्ने नकारात्मक असरका कारण नेपालमा हैजा सङ्क्रमण हरेक वर्ष देखिने डा।बुढाथोकीको भनाइ छ ।

डा। बुढाथोकीका अनुसार हैजा अति सङ्क्रामक र छिटो फैलने झाडापखाला हो । पातलो चौलानी पानी जस्तो दिसा आउने, वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हैजाका प्रमुख लक्षण हुन् ।

हैजा सङ्क्रमणले गम्भीर अवस्थामा पुर्‍याउदा आँखा गाडीने मुख जिब्रो र घाँटी सुख्खा हुने, पिसाब रङ्ग पहेलो हुने, चिडभिडापन हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुने जस्ता गम्भीर लक्षण देखिने गर्दछन् ।

यस्तो स्वास्थ्य संस्थामा नपुगे ५० प्रतिशत मृत्युदर हुने डा।बुढाथोकी बताउनुहुन्छ । डा। बुढाथोकीका अनुसार हैजा सङ्क्रमित ८० प्रतिशतमा मन्ददेखि मध्यमस्तरको लक्षण देखिन्छ । २० प्रतिशतलाई चौलानी जस्तै दिसा हुने र पानीको अभाव तीव्र लक्षण देखिने डा।बुढाथोकीको भनाइ छ ।

गर्मी तथा वर्षयाममा विशेष गरी झाडापखालाका, हैजा तथा पानी रोगहरु फैलने हुँदा सम्पूर्ण सरोकारवालाहरु सहज र सतर्क रहन उहाँले आग्रह गर्नुभएको छ ।

प्रवक्त बुढाथोकीद्वारा जारी विज्ञप्तिमा रोगीको मलमुत्रबाट पानीको मुहनलाई जोगाउन, झिगा लागेको बासी, सडेगलेको, नपाकेका, चिसिएको खुलास्थानका खाद्यपदार्थ नखान उहाँले उल्लेख गर्नुभएको छ ।

पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र व्यक्तिगत सरसफाई तथा खानेकुराको सरसफाईलाई विशेष ध्यान पु¥याउन उहाँका सुझाव छ ।

दिसा पिसाब गर्न चर्पीको प्रयोग गर्ने र दिसा पिसाब गरिसकेपछि साबुन पानीले मिची मिची हात धुन उहाँले अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group