काठमाडौं, १९ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताउनुभएको छ । एबीसी टेलिभिजनका प्रधानसम्पादक शुभशंकर कँडेलसँग आउटलुक कार्यक्रममा बोल्दै संविधानको सवल पक्ष र दुर्वल पक्षको समिक्षा गर्दै आवश्यताको आधारमा संसोधन गर्न सकिने बताउनुभयो ।
प्रतिपक्षलाई समेत विश्वासमा लिएर संशोधन प्रक्रियामा जानुपर्ने बताउनुहुँदै मन्त्री गुरुङले संविधान संशोधन गर्दा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को मात्र चाहना अनुसार नभई प्रतिपक्षी दलहरूको भावनालाई पनि समेटेर सबैले अपनत्व महसुस हुने गरी संशोधन गर्नेपर्ने बताउनुभयो । कार्यक्रमा राष्ट्रका लागि निश्चित उद्देश्य लिएर महान उपलब्धि हासिल गर्न कांग्रेस एमाले मिलेको दावी गदै उहाँले काँगेस सभापति शेर बहादुर देउवालेनै प्रचण्डसंग बदला लिन एमाले अध्यक्ष ओलीलाई नै तपाई प्रधानमन्त्री बनि दिनुप¥यो भनेपछि ओली प्रधानमन्त्री बन्नु भएको दावी गर्नुभयो । उहाँले स्थिर सरकार नहुँदा विकास नभएको, पुँजीगत खर्च हुन नसकेको, सुशासन कायम हुन नसकेको, शान्ति सुरक्षा कायम गर्न नसकेको र जनतामा निराश छाएको समेत जिकिर गर्नुभयो ।
उहाँले राष्ट्रिय स्वाधीनताको मुद्दामा अघि बढ्न समेत कांग्रेस–एमाले गठबन्धनको सरकार आवश्यक रहेको दाबी गर्नुभयो । मन्त्री गुरुङसँगको अन्तर्वार्ता शानिबार राती ९ बजे र आइतबार विहान ७ बजे पुन प्रसारण हुनेछ । यो अन्तर्वार्ता एबीसी टिभी नेपाल युट्युव च्यानलमा पनि हेर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्