ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वापले आगामी वैशाखमा महाधिवेशन, स्थानीय छाया सरकारको अभ्यास गर्ने


एबीसी न्यूज
१९ श्रावण २०८१, शनिबार   ९ : ००   बजे

 

 

काठमाडौं १९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द कार्यशालाले पार्टीलाई १५ बुँदे सुझाव दिएको छ। केन्द्रीय समितिलाई दिएको सुझावमा पार्टीको पहिलो महाधिवेशन आगामी वैशाखमा गर्न भनेको छ।

त्यस्तै आगामी असोजमा राष्ट्रिय भेला गर्नुपर्ने निष्कर्षसमेत कार्यशालाबाट निकालिएको छ। दुई दिनसम्म चलेको कार्यशालामा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय आयोगका पदाधिकारी सहभागी थिए।

भावी रणनीति तथा कार्यदिशा तय गर्नका लागि भन्दै वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यशालामा ५० जनाको सहभागिता थियो।

कार्यशालाले स्थानीय छाया सरकारको अभ्यास थाल्नसमेत सुझाव दिएको छ। कार्यशालाबाट तयार पारिएका सुझावबारे केन्द्रीय समितिमा छलफल भएर निर्णय हुनेछ।

कार्यशालामा पार्टीको विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब गरी ६ विधामा छलफल गरिएको थियो।

विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समिति मार्फत राष्ट्रिय भेलामा पेस गर्ने, जिल्ला संयोजक तथा उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेलामार्फत जिल्ला तदर्थ समिति गठन गर्ने, पार्टीको अर्थ राजनीतिक -जलेश्वर, प्रस्तावनाको व्याख्या गरी पार्टीको वाचापत्र लगायत अन्य दस्तावेजका आधारमा केन्द्र, प्रदेश र जिल्लामा प्रशिक्षण गर्ने निष्कर्ष पनि कार्यशालबाट निकालिएको छ।

शासकीय स्वरूपका विषयमा पार्टीभित्र व्यापक छलफल गरी संविधान संशोधन समेतको कुरालाई मध्यनजर राखी पार्टीको अवधारणा तयार गर्ने, जनआवाज अभियान समिति गठन गरी देशभरिका जनगुनासा तथा मुद्दाहरू संकलन गर्ने र सदनमा उठाउने, कार्यान्वयन भए नभएको अनुगमन गर्ने उपाय पनि कार्यशालाले सुझाएको छ।

विधेयक मन्थन विभागलाई संसदमा दर्ता भएका विधेयकहरूबारे आवश्यकताअनुसार प्रवासमा समेत छलफल चलाई सुझाव संकलन गर्ने, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीको विधान अनुसार नियमावली र कार्यविधि भदौ मसान्तसम्म तयार गर्ने, पार्टीलाई प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय सभा, गोष्ठी आदि कार्यक्रमहरूमा जाने व्यक्तिको छनोटका लागि मापदण्ड तयार पार्ने सुझाव पनि समेटिएको छ।

पार्टीको आचारसंहिता र मूल्य मान्यतामा आधारित दस्तावेजहरू पुनरवलोकन गरी सदस्यहरूबाट प्राप्त सुझावसमेत प्रशिक्षण सामग्रीमा समावेश गर्ने, पार्टीको केन्द्रीय अर्थ व्यवस्थापन समिति विस्तार गरी देश विदेशमा रहेका सबैलाई जोड्न ‘पार्टी पिल्लर्सुको अवधारणा लागू गर्ने, देशका गाउँदेखि विदेशका सहरसम्मका नेपालीसँग भेटघाट अभियानको सुरुवात गर्ने कार्यशालाले भनेको छ।

चरणबद्ध रुपमा स्थानीय छाँया सरकार गठनको अभ्यास थालनी गर्ने, आगामी साता सातै प्रदेशमा यसै प्रकृतिको बन्द कार्याशाला आयोजना गर्ने र केन्द्रीय बन्द कार्यशालामा सहभागी नेताहरू सहजीकरणका लागि सहभागी हुने पनि बन्द कार्यकाशालाका सुझावको सूचीमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group