ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१७ अस्पतालले पठाए ९ बुँदे निर्देशनको प्रगति विवरण


एबीसी न्यूज
२७ श्रावण २०८१, आइतबार   १ : ५१   बजे

काठमाडौं २७ साउन ।   संघीय सरकार मातहतका अस्पताल सुधार्न गरेको परिपत्र अनुसार १७ अस्पतालले निर्णय कार्यान्वयन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साउन ४ गते मन्त्रालयका कर्मचारी र अस्पताल प्रमुखसँग ओपीडी सेवा दुई सिफ्टमा चलाउने, औषधि पर्याप्तता, अस्पालको भिड व्यवस्थापनलगायत ९ बुँदे निर्णय गरेर कार्यान्वयनका लागि परिपत्र गरेको थियो ।

सोही निर्णयअनुसार आफ्नो मातहतका अस्पतालले सेवा प्रभावकारी बनाउन र अस्पतालमा हुने भिडभाडलाई कम गर्न विभिन्न उपाय अपनाउन थालेको मन्त्रालयले जानकारी दिएको हो । पहिलो चरणमा १७ वटा संघीय अस्पतालहरुबाट प्रगति विवरण प्राप्त भएको र बाँकी प्रतिष्ठान तथा अस्पतालबाट पनि विवरण आउने क्रम जारी रहेको जनाएको हो ।

अस्पतालहरुको विवरणमा भिड नियन्त्रण गर्न विस्तारित स्वास्थ्य सेवा, ओपीडी सेवाको समयावधि थप तथा सिफ्ट व्यवस्थापन, चिकित्सक राउन्ड तथा बिरामी भर्नारडिस्चार्ज बीचमा समन्वय, डाक्टरहरूको राउन्डको तालिका तय, डिजिटल प्रणालीहरूको अवलम्बन, अनलाइन दर्ता, भुक्तानी जस्ता कार्यलाई प्राथमिकता दिएको उल्लेख छ ।

 

मन्त्री प्रदीप पौडेलका अनुसार टेकु अस्पताल, थापाथली अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भेरी अस्पताल, नारायणी अस्पतालले प्रगति विवरण पठाएका छन् ।

त्यस्तै, मोनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, डडेलधुरा अस्पताल, वीर अस्पताल, आयुर्वेद चिकित्सालय र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि आफ्नो प्रगति विवरण पठाएका छन् ।

अस्पतालहरुले पठाएका विवरणमा अस्पतालको पूर्वाधार र व्यवस्थापनमा क्रमिक सुधार गर्दै थप काउन्टरहरूको व्यवस्था, शौचालयको सरसफाइ, सफा पिउने पानीको निशुल्क व्यवस्था प्रयास सुरुआत गरिएको उल्लेख छ ।

त्यस्तै, औषधिहरूको उपलब्धता सुनिश्चित गर्न र बीमा गरिएको बिरामीहरूको लागि फार्मेसी सेवाहरूलाई व्यवस्थित गरिएको अस्पतालले उल्लेख गरेकना छन् । बिरामी तथा आगन्तुकका लागि नेभिगेसन र सूचना प्रणाली, सुरक्षित र सफा पिउने पानी, सफा र पहुँचयोग्य शौचालयहरूको व्यवस्था र अस्पताल परिसरको सरसफाइलाई प्राथमिकता दिइएको उनीहरुले जनाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलले सरकारी अस्पतालमा सेवा लिन जाँदा लामो लाइनमा बस्नु परेको, अलमलिनु परेको र झन्झटिलो रहेको गुनासो अन्त्य गर्ने प्रयास थालिएको बताए ।

‘लामो समयदेखि रहेको यो अव्यवस्थालाई हटाउन सम्बन्धित निकायले पनि प्रयास गरिरहेकै थिए । हाम्रो पनि त्यसमा प्राथमिकता रहँदा सेवालाई व्यवस्थित, सहज र सुलभ बनाउन उहाँहरुलाई सहयोग पुगेको हुन सक्छ’, उनले भनेका छन्, ‘त्यही अनुसार उहाँहरुले आफूले गर्दै आएको र अहिले थप गरेका सेवाहरुको प्रगति विवरण पठाउनु भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group